कञ्चनपुर ,फाल्गुन, १६ । एमसीसीको सम्झैताको बिरोधमा  प्रहरी र बन्द कर्ता बिच झडप भएको छ । बिहानै महेन्द्रनगर नेपाल बन्द गराउन आएका बन्दकर्ता र प्रहरी बिच झडप हुदँ दइ जना घाइते भएका छन ।

प्रहरी बन्दकर्ता माथी एका एक लाठी प्रहार गर्दा नेकपा विप्लव पार्टी भीमदत्त नगर सेकेटरी दिपेन्द्र ऐेरी र नेकपा विप्लव निकट अखिल क्रान्तिकारी का जिल्ला सहसचिव युवा नेता हरिश ऐेरी घाइते भएका  भएका छन ।

आन्दोलनको क्रममा बिहान प्रहरी संग झडप हुदाँ  युवा नेता दिपेन्द्र ऐरी र हरिश ऐेरी दुवैको टाउकोमा  चोट लागेको  नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभयो ।

नेकपा क्रान्तिकारी माओवादी ,नेकपा विप्लव लगायत ६ दलले सयुक्त रूपमा  एमसीसीको बिरोधमा नेपाल बन्द गरेका छन ।

नेपाल बन्दले बजार ,कलकारखाना यातायात ,विध्यालय ,शिक्षण संस्था पेट्रोल पम्प लगायत कार्यालय बैक ,वित्तिय संस्था बिहानै देखि बन्द रहेका छन । एमसीसी सम्झैतसको बन्दमा सबैको साथ रहेको छ ।

प्रतिक्रिया दिनुस