कञ्चनपुर ,फाल्गुन, १६ । एमसीसीको सम्झैताको बिरोधमा प्रहरी र बन्द कर्ता बिच झडप भएको छ । बिहानै महेन्द्रनगर नेपाल बन्द गराउन आएका बन्दकर्ता बिच झडप हुदँ एक जना घाइते भएका छन ।
प्रहरी बन्दकर्ता माथी एका एक लाठी प्रहार गर्दा नेकपा विप्लव पार्टी भीमदत्त नगर सेकेटरी दिपेन्द्र ऐेरी घाइते भएका छन ।
आन्दोलनको क्रममा बिहान प्रहरी संग झडप हुदाँ युवा नेता दिपेन्द्र ऐरीको टाउकोमा चोट लागेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभयो ।
नेकपा क्रान्तिकारी माओवादी ,नेकपा विप्लव लगायत ६ दलले सयुक्त रूपमा एमसीसीको बिरोधमा नेपाल बन्द गरेका छन ।
नेपाल बन्दले बजार ,कलकारखाना यातायात ,विध्यालय ,शिक्षण संस्था पेट्रोल पम्प लगायत कार्यालय बैक ,वित्तिय संस्था बिहानै देखि बन्द रहेका छन । एमसीसी सम्झैतसको बन्दमा सबैको साथ रहेको छ ।