कञ्चनपुर ,फाल्गुन, १६।  एमसीसीको बिरोध कार्यक्रमको महेन्द्रनगरमा भएको कोण सभा सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरि सुवेदीले देशको स्वाधिनता  रक्षाको लागि मर्न तयार रहेको बताए ।

क्रान्तिकारी नेता सुवेदीले देश अत्यन्तै जटिल अवस्था रहेको भन्दै आफु देशको लागि मर्न तयार रहेको तर राष्ट्रियताको लागि निरन्तर संघर्ष जारी राख्ने बताए ।

एमसीसी जस्तो राष्ट्रघाती सन्धि पास गर्ने शेर बहादुर देउवा हिजो पनि गणतन्त्रका लागि जनयुद्ध हुदाँ  राजा सँग मिलेर आन्दोलन दबाउन खेल खेलको देउवा आज आएर गणतन्त्रको मालिक भएर राष्ट्रघात गरिरहेको नेता सुवेदीले टिप्पणी गरेका छन ।

त्यतै कोणसभाको  सम्बोधन गर्दै नेकपाका  जिल्ला सचिव जिवनले  राष्ट्रियताको एक दिने नेपाल बन्द सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । नेता जिवनले  राष्ट्रघाती एमसीसी सम्झैता खारेजका लागि जनसेना बनेर दलालहरूका बिरूद्ध लड्नु पर्ने वेला आएको बताए । सान्तिपुर्ण भएको आन्दोलनमा प्रहरी हस्तक्षेप गरेर दमन गरेको भन्दै सरकारको घोर भत्सना गरेका छन । आज भएको एमसीसी बिरोधको नेपाल बन्द कञ्चनपुर सान्तिपुर्ण रहेको थियो।

प्रतिक्रिया दिनुस