कञ्चनपुर ,फाल्गुन १६ । एमसीसीको बिरोधमा दिउँसै कैलालीको अत्तरिया प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरिएको छ ।
राष्ट्रघाती एमसीसी संसदबाट पास गराएको भन्दै आन्दोलनमा रहेका नेकपा क्रान्तिकारी माओवादी नेकपा लगायतका सयुक्त दलले एमसीसीको बिरोधमा कैलालीको अत्तरिया प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।
एमसीसीको बिरोधमा देशभर प्रदर्शन भइरहेको छ। एमसीसीको बिरोधमा आज नेकपा क्रान्तिकारी माओवादी नेकपा लगायतका सयुक्त दलले नेपाल बन्दको आव्हान गरेका थिए ।
राष्ट्रघाती एमसीसी सम्झैता संसदबाट पारित गराएको बिरोधमा अत्तरिया दिउँसै प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरिएको क्रान्तिकारीका केन्द्रिय सदस्य पुष्कर जोशीले जानकारी दिनुभयो ।
एमसीसीको बिरोधमा आज सुदुरपश्चिम लगायत देशभर नेपाल बन्द सफल भएको भन्दै सयुक्त मोर्चाले एक दिनको बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।