कञ्चनपुर ,फाल्गुन,२० । अखिल क्रान्तिकारीले  पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग गरेको छ ।‌‌ नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी का केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले सुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पर्दाथको भएको मुल्य बृद्धि फिर्ता गर्न माग गरिएको छ ।

सरकारले पटक पटक मुल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको जनताप्रति गैरजिम्मेवारी बन्नुका साथै दलाल र माफियाको संरक्षणमा सरकार लागेको भन्दै सरकारका बिरूद्ध सशक्त संघर्षमा जानु पर्ने बताए ।

राष्ट्रघाती एमसीसी सम्झैता संसदबाट पारित गराउने मुख्य नाइके शेर बहादुर देउवा रहेकोले सरकार र स्वयम् प्रधानमन्त्री अमेरिकाको दलाल बन्न पुगेको अखिल क्रान्तिकारी का केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले बताए । राष्ट्रघाती एमसीसी सम्झैता र पेट्रोलियम पर्दाथको भएको मुल्य बृद्धि फिर्ता गर्न सशक्त संघर्षमा जानु पर्ने  भएकोले संघर्षका लागि सबैले साथ दिन अपिल गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुस