माहाकाली बेच्यौ ,कोशी बेच्यौ ,गण्डकी बेच्यौ,हामी बिर्सिएका छैनौ ?

हामी बिर्सिएका छैनौ ?
ए गद्द्दार देशद्रोही मगन्ते जोगिहरु हो !
महाकाली बेच्दा तिमिले गरेको राष्ट्रघात
भन्ने गरेको गरिबिको अन्त्य ,

अनि अब सुर्य पुर्बबाट हैन, पश्चिम बाट उदाउछ भनेर
छलकपट गरेको भ्रमको खेती
ए राष्ट्रघातिहरु हो त्यो इतिहास
हामी बिर्सिएका छैनौ ।।

त्यही भारतमा श्रम बेचेर नेपाल् फर्किदा ,
ती निर्दोष नागरिकले हरेक दिन डन्डा खाइरहेका
सिमानामा लुटिएका ,कुटिएका र ,बेचिएका
यी दर्दनाक कथा र ब्याथाहरु हामी भोगिरहेका छौ
यो उपनिवेशको इतिहास हामी बिर्सिएका छैनौ ।
तिम्रो पश्चिमबाट उदाउँदो सुर्य,अनि प्रकृतिलाई जित्ने
तिमिले दिएको अभिव्यक्ति कता हरायो कता गुम्यो
ए देशद्रोही पाखन्डी स्यालहरु हो !
ती तिम्रा मलिन अनुहार आज कालोपोतो मुछिएको छ ।
तिमी नतकमस्तक बन्दै राष्ट्रघातको बिज रोप्दै छौ ।
तिम्रो अभिव्यक्तिको इतिहास हामीले बिर्सेका छैनौ ।।
महाकाली बेच्यौ ,कोशी बेच्यौ ,गण्डकी बेच्यौ
बिदेशिको दास बनेर पैसा ल्यायौ चुनाब लडयौ
यी निर्दोष बेरोजगारीको चपेटामा परेका अनुहारमा
न त कहिले खुशी बाड्यौ न त कहिँले हासो

बस

युवाहरूलाई मह्ङो मेन पावरबाट बिदेशिन बाध्य बनायौ
अनि खाडिको तातो घाम सहेर कमाएको पैसा
र आएको रेमिटेन्सबाट देश चलायौ ।
मस्ती गर्यौ,भ्रष्टाचार गर्यौ ,दलाली गर्यौ
देशलाई खोक्रो बनायौ ,
राष्ट्रघातको नाङ्गो टालो ओढायौ ।।
ए सामाजिक फासिबादिहरु हो ,
कौडिको भाउमा चलेका महङ्गा कम्पनीहरु बेच्यौ ।
अकुत सम्पती कमायौ ,डलरको खेती गर्यौ
राष्ट्रलाई खोक्रो बनायौ ,आफू गगन चुली महलमा बस्यौ
अब कतिदिन सम्म जनतालाई उल्लु बनाउदै हिडछौ
तिम्रो रास्ट्घाती इतिहासको दस्तावेज
हामी बिर्सेका छैनौ ती इतिहास ताजै छ्न ।।
ए यो राष्ट्रका धमिराहरु हो ।
हामी संग अपार प्रार्कितिक सम्पदा हुदाहुदै
न त कुनै बैज्ञानिक जन्मायौ
न त कुनै कच्चापदार्थ उत्पादन गर्यौ ।
न त मुलुकलाई आर्थिक अर्थतन्त्रबाट मजबुत बनायौ ।
अझै कतिदिन सम्म भिखको झोला बोकेर
हामिलाई माग्ने बनाएर बिदेशीको झोला बोकाउछौ ।
जनता ढाटेर गरेको डलरको खेतिको इतिहास
आज ती गाउँ झुपडी र बस्तिमा ताजै छ ।
ती झुपडी र बस्तिले बिर्सेका छैनन् ।।
ए नाथेहरु हो ,
अब हामी त बिद्रोहको झन्डा बोक्दै डन्डा समाएर
बिद्रोहको मैदानमा उभिएका छ्न यी भेतनामी जनताहरु
तिमिले लुटेर बनाएका आलिसान महल
भत्काउन तमत्यार छ्न उत्साही छ्न
भ्रष्टाचार गरेर कमाएको अकुत सम्पती
खोस्न आतिएका छ्न जङिएका छ्न
तिम्रो लुटको स्वर्ग अनि बिलासिता
त्यो इतिहास जनताले बिर्सेका छैनन ।
अनि खोसिएको ,लुटिएको हाम्रो स्वाधीनता
हामिले हाम्रै पालामा फर्काउनु छ
अनि यी निर्दोष गाँस बास र कपास नपाएका
ती चाउरी परेका आमा र बुबाको अनुहार हासो छर्नु छ ।
बेरोजगारीको दलदलमा फसेका ,जोश जागरले भरिएका
ती हजारौं हजार युवाको श्रमलाई काम लगाउनु छ
यो माटो बचाउन हिजो लडेका पुर्खाको इतिहास
वीर गाथाले भरिएको उनको सौर्यशक्ती
हामी बिर्सेका छैनौ त्यो इतिहास ताजै छ
अनि अब ,
राष्ट्रघाती गद्द्दा शासकलाई गाउँबाट लखेटनु छ ।
राष्ट्रियता, स्वाभिमान ,र आत्मसम्मान भएर बांच्नु छ
यहि आगंनमा बिकाशको फुल रोप्नु छ
राष्ट्रिय झन्डा संगै लाल झन्डा फर्फराउनु छ ।।

राष्ट्रियताको सन्देश ओतप्रोत कविताका लेखक नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा एक निष्टावान युवा नेता हरि सुवेदी हुन ।

प्रतिक्रिया दिनुस