बिकाश सिंह महता,कञ्चनपुर , फाल्गुन , २० । कञ्चनपुरमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।

शुक्रबार कञचनपुर सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना महेन्द्रनगरमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, प्रमुख अतिथि समाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशी ,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष प्रकाश शाह , उपाध्यक्ष योगेन्द्र बलायर, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्नाले गर्नु भएको थियो।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समाजिक विकास मन्त्री लाल बहादुर खडकाले सूचना सम्प्रेषणमा प्रत्रकार को महत्वपुर्ण  भुमिका रहेकोले हरेक सूचना जनतामा सहजै पुर्याउने र जनतालाइ सूचित गर्ने काम गरेको हुँदा प्रत्रकार संग कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्ने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।

मन्त्री खड्काले आपतकालिन कुनै पनि संक्रमण हुनबाट जोगाउन  सुदुरपश्चिमका सबै स्वास्थ्य संस्थामा ५० लाख देखि २ करोड सम्मको आपतकालिन कोषको व्यवस्था गरिएको बताए । त्यसतै  मन्त्री खड्काले स्वास्थ्य सुधारमा गर्दै सुदुरपश्चिम मा कोभिड संक्रमणका टेस्ट गर्न निशुल्क व्यवस्था मिलाउन प्रयास गरेको बताए । केहि दिनमै इलेक्टोनिक  हेल्थ सिस्टम सञ्चालनको तयारी भईरहेको छ सामाजिक मन्त्रालय स्वास्थ्यको सुधारमा निरन्तर लागि रहेको बताए ।

प्रतिक्रिया दिनुस