काठमाण्डौँ ,फाल्गुन ,२० ।  काठमाडौँमा नेकपा विप्लव नेकपा क्रान्तिकारी माओवादी ,राष्ट्रिय जनमोर्चा नेपाल सहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सम्पन्न भएको छ ।

दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत ६ दलका शीर्ष नेताले सम्बोधन गरेका छन  ।

बिरोध सभा कार्यक्रमका अध्यक्ष नेकपा क्रान्तिकारी माओवादकिा महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताए छ । उनले भने, ‘यो सम्झैता राष्ट्रघाती  छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर यस्को  सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’

उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिष्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, राष्ट्र घातका रुपमा बुझेको उनले बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्।

‘मानिसले कुर्सी र पैसाको दास बनेपछि ऊ अन्धो बन्छ, केपी ओली र माधव नेपाल त्यसरी नै अन्धो बने,’ विप्लवले भने।

‘कथित जनताको संस्था भनिने संसदबाट नेपाली जनतालाई घात गर्ने घटना घट्यो फागुन १५ गते। यो दिन नेपाली इतिहासमा पुस १ गतेजस्तै कालो दिनका रुपमा इतिहासका रुपमा अंकित भएको छ,’ एमसिसी प्रस्ताव अनुमोदनबिरुद्ध संयुक्त विरोधसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले भने।उनले फागुन १५ पुस १ भन्दा खतरनाक कालो दिन रहेको दाबी पनि गरे। फागुन १५ गते एमसीसी संसदबाट पारित भएको थियो भने पुस १ गते राजा महेन्द्रले पञ्चायत व्यवस्था लागू गरेका थिए।विप्लवले सम्बोधनका क्रममा भने- ‘सहिदको बलिदानमा उभिएका मान्छेहरुको अनुहार न्याउरो देख्दा दुख लागेको बताए ।

त्यसतै कार्यक्रममा जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले एमसीसीमा राष्ट्रघाती सम्झौता गर्नेहरुलाई आर्यघाटमा खरानी पार्न जुटिरहेको बताइन् । राष्ट्रघातीहरुलाई देशबाट खेद्नुपर्ने उनले बताइन् । देश बलिरहेको समयमा मध्यरातमा राष्ट्रघाती एमसीसी पारित गरिएकाले जनताको मुक्ति आन्दोलनमा खुट्टा नकमाउन अन्दोलनकारीलाई आह्वान गरिन् । सेना र प्रहरीलाई पनि राष्ट्रियता रक्षाको आन्दोलनमा एक हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सामना परिवारले एमसीसीविरुद्ध देशभक्तिपूर्ण, क्रान्तिकारी गीत र नृत्य प्रस्तुत गरिरहेको छ ।कार्यक्रमको सञ्चालन नेकपाका प्रवक्ता प्रकाण्डले गरेका थिए  । इ रातो खबरको सहयगमा

प्रतिक्रिया दिनुस