कञ्चनपुर साउन २८ ,नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एव नेकपा कञ्चनपुरका कार्यालय सचिव प्रकास जप्रेल रिहा भएका छन् । आज मंगलबार कञ्चनपुर जिल्ला आदालतले क्रान्तिकारी नेता जप्रेललाई साधारण तारेखका रिहा गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आदालतमा जप्रेल बिरुद्ध उपद्रोव मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि जप्रेललाई साधारण तारेखमा रिहा गरेको हो ।


साउन पहिलो साता कैलालीको धनगढीमा बम विस्पोटमा परि मरेका राम बहादुर सिहको अन्त्येष्टीमा सहभागि हुन धनगढी पुगेका क्रान्तिकारी नेता जप्रेललाई प्रहरीले पक्राउ गरेको थियो । बिस्पोटमा सिह सहित पाँच घाईते भएका थिए । अर्का घाईते विप्लव नेकपाका नेताको आशंकामा प्रहरीले अस्पतालबाट डिस्जार्ज गरे लगत्तै कैलाली प्रहरीले रोहित सेरालालाई नियन्त्रणमा लिएको थियो ।सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीले उनलाई २ हजार धरौटीमा रिहा गरेको थियो ।

धरौटीमा रिहा लगत्तै प्रहरीले कैलालीबाट पक्राउ गरि कञ्चनपुर ल्याएको हो । क्रान्तिकारी नेता जप्रेल प्रहरीको २६ दिनपछि हिरासत मुक्त भएका छन् । यस अघि नै क्रान्तिकारीले सेती महाकालीले जप्रेललाई स–सम्मान रिहाईको माग गर्दै आएको थियो । यस अघि नेकपा विप्लव कञ्चनपुरका चार नेतालाई उपद्रोव मुद्दामा ३० हजारदेखि ५०हजार धरौटीमा रिहा गरेको थियो । कञ्चनपुरमा एनसेल, क्रसर उद्योगमा आगजनी भएपछि प्रहरीले विप्लव नेता कार्यकर्ता बिरुद्ध उवद्रोव मुद्दा दायर गरेको  हो

 

प्रतिक्रिया दिनुस