कञ्चनपुर फाल्गुन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर समिति,कञ्चनपुरलर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका सहिद परिवार लाइ सम्मान गरेका छन।
जनयुद्धका क्रममा सहादत प्राप्त महान ८ सहिदहरु कमरेड निर्मला सुनार, तेज वहादुर कार्की , प्रित वहादुर बिष्ट ,राम प्रसाद डगौरा,रामकृष्ण डगौरा,जय वहादुर चन्द,कलविर सार्की ,शशी कुमार डगौरा सहिद परिवारहरुका घरघरमा पुगेर अभिनन्दन पत्र ,फलफुल र दोसल्ला ओढाएर सम्मान गरेको कुरा नेकपा भिमदत्त नगर सचिव दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।
उक्त अभिनन्दन कार्यक्रममा पार्टी कञ्चनपुर जिल्ला पुर्व सचिव राजेन्द्र विष्ट,अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष र पार्टी जिल्ला समित सदस्य पुष्कर भण्डारि लगायतका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुस