गणेश एसके /कञ्चनपुर फागुन २३ ।  कञ्चनपुरमा ६ राजनीतिक दल र दुई मोर्चाद्वारा राष्ट्रघाती MCC सम्झौता त्यसको प्रभाव र राष्ट्रियताको बिषयमा अन्तरक्रिया कार्यक्रम सोमबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले एमसीसी सम्झाैता बारे सारमा प्रकाश पारेका थिए र सो पश्चात सहभागी अन्य टिप्पणीकारहरुले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

एमसीसी सम्झौताको विषयमा आफ्ना भनाई राख्ने क्रममा नेता पुनले एम सी सी सम्झाैता अनुदान मात्र नभई यो नेपालका प्रकृतिक स्रोत साधनलाई दोहन गर्ने, देशको राष्ट्रिय राजनीति माथि हस्तक्षेप बढाउने,नेपालको रीति संस्कृति माथि हमला गर्ने,देशमा माथि वैदेशिक नीति लाद्ने र देशलाई नै अस्थिरताको संकट तिर लैजाने अमेरिकी डिजाइन रहेको बताएका छन । उनले भने,“अहिलेको असफल संसदीय सत्तामा रहेका केही निहित दलाल र एजेन्टहरुले जसरी देशको राष्ट्रियता स्वाभिमान लाई यो परियोजना मार्फत विदेशीको पाउमा बुझाउने प्रयास गरेका छन यसलाई नेपाली जनता र हामी सच्चा क्रान्तिकारीहरूले कदापि सफल हुन दिने छैनौं । जसरी अहिले सत्ता गठबन्धनमा रहेका देउवा प्रचण्ड,माधबहरुले आफ्नो राजनीतिक संकट टार्नका लागि जुन व्याख्यात्मक घोषणाको भ्रम दिएका छन वास्तवमा यो व्याख्यात्मक घोषणा नभई राजनीतिक सौदाबाजीको घोषणा रहेको नेता पुन बताउँछन् । पछिल्लो घटनाक्रम नियाल्दा जसरी नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति त्यागेको , युद्धमा रहेको राष्ट्र युक्रेनलाई साथ दिनु लगायतका यस्ता घटना हाम्रो देशमा देखा पर्नु MCC मार्फत अमेरिकी नीति लागू भएको उनको ठहर  रहेको बताए।

त्यस्तै  MCC सम्झौता सम्बन्धी अन्तक्रियामा मन्तव्य राख्दै नेकपा ( क्रान्तिकारी ) माओवादीका केन्द्रीय सदस्य हरी सुवेदीले देशको अहितमा रहेको राष्ट्रघाती mcc सम्झौतालाई जनस्तर बाट खारेज गर्नुपर्नेमा जोड दिए । संसदवादी पार्टीका दलालहरुले राष्ट्रका विरुद्ध लज्जास्पद तरिकाले राष्ट्रघात गरेको बताउँदै अब यो राष्ट्रघात को विरुद्ध देभक्त नागरिक, बुद्धिजीवी विश्लेषक, शिक्षक प्राध्यापक सबै एक ठाउँमा उभिएर देशको माटो रक्षाका लागि लाग्नु पर्ने नेता सुवेदीले बताए । त्यसैगरी टिप्पणीकार का रुपमा सहभागी बौद्धिक व्यक्ति तथा प्राध्यापक खेमलाल घिमिरेले विगतमा कांग्रेसले नेपाली जनतालाई छलेर जसरी अनेकौं सन्धि सम्झौताहरू गरेको थियो त्यसैगरी अहिले पनि फेरि अर्को राष्ट्रघात गरेको छ । यसको विरुद्धमा पार्टी,व्यक्ति विचार वा सिद्धान्तलाई भन्दा पनि राष्ट्रियताको सवाललाई केन्द्रमा राखी सबै एकठाउँमा आई सडक आन्दोलन र जनताको जनबल बाट उक्त MCC सम्झौता खारेज गर्नुपर्ने उनले बताए ।

त्यस्तै अर्का टिप्पणीकार अखिल नेपाल शिक्षक संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष तथा शिक्षक ओम प्रकाश जोशीले भने सबै कोणबाट, तथ्य र प्रमाण बाट राष्ट्र र जनताको विरुद्ध रहेको साबित भएको MCC सम्झौता जबर्जस्त तरिकाले संसदबाट अनुमोदन हुनु अनुचित रहेको बताउँदै यसका विरुद्ध डटेर जनसंघर्ष गर्नु नै अहिलेको विकल्प रहेको उनको भनाइ छ । उक्त सम्झौता खारेज गर्नु आफूहरूले जुनसुकै स्तरको मूल्य चुकाउनु परे पनि तयार रहेको तर राष्ट्रिय स्वाधिनता माथि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने दृढता उनले व्यक्त गरे ।” त्यसै गरी अन्य सबै सहभागीहरूको मनोभाव र आक्रोश पनि mcc सम्झौता जसरी पनि खारेज हुनुपर्छ भन्ने थियो ।

अन्तिममा प्रमुख अतिथि नेता ओम प्रकाश पुनले अन्तरक्रियाको निष्कर्ष बताउँदै विकासको नाममा भित्रिन लागेको अमेरिकी समराज्यबाद रोक्न हामीले सशक्त आन्दोलनको वातावरण सिर्जना गर्ने, जनतालाई यसको राष्ट्रघाती असर बारे बुझाउने र सबै आम नेपाली सचेत नागरिक हरू एकठाउँमा उभिएर राष्ट्रको स्वाधिनता स्वाभिमान सार्वभौमसत्ता जोगाउन कठोर संघर्ष गर्नुपर्ने उनले बताए । अर्को समाधान भनेको यो दलाल संसदीय व्यवस्थालाई खारेज गरी नयाँ जनवादी व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको नेकपा नेता पुनको जिकिर थियो । अन्यथा देश वैदेशिक हस्तक्षेप सहित गृहयुद्धमा जाने उनले बताए ।

नेकपा (क्रान्तिकारी) माओवादीका कञ्चनपुर सेक्रेटरी कैलाश जैसीको अध्यक्षता र नेकपा जिल्ला सचिव जीवन परियारको सञ्चालनमा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन रहेका थिए भने अन्य ६ दल २ मोर्चाका नेताहरु,बुद्धिजीवी विश्लेषक,शिक्षक प्राध्यापक र संघ संगठन संग आवद्ध व्यक्तित्वहरू अतिथिका रुपमा सहभागी रहेका थिए । अन्तरक्रियामा अन्य युवा विद्यार्थीहरू राजनीतिक पार्टी संग आवद्ध कार्यकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस