कञ्चनपुर फागुन २५ । दाङको तुलसीपुरमा ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भव्य रूपमा मनाइएको छ । मंगलवार नारी दिवसको अबसरमा तुलसीपुरको अरनिको मेैदानबाट बाजागाजा, नाराजुलुस सहित नगर परिक्रमा गरेर बिपि चोकमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीको विशेष कमिटी सदस्य एबम पुर्ब साँसद सीता बि क (सम्झना)ले नेपालीहरुको बिरताको इतिहास,स्वाभिमानी नेपाली इतिहास कायम गर्न श्रमजीवी मुक्तिकामी महिलाहरु सडकमा आन्दोलित हुनुपर्ने आवस्यक रहेको समेत बताउनुभएको थियो। उहाँले नेपालीहरुको इतिहास मागेर खाने इतिहास नभएको समेत जिकिर गर्नुभएको थियो।


नेतृ सम्झनाले भन्नुभयो, ‘नेपालीको इतिहास कसैको पाउ मोलेर,गुलामी गरेर खाने इतिहास होइन। नेपालीको इतिहास संघर्ष गरेर आफ्नै श्रम पसिनामा बाच्ने इतिहास हो।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी माओबादी ) निकट केन्द्रीय सदस्य शुसिला आचार्यले नारि दिवसको अबसरमा सम्पुर्ण मुक्तिकामी बिरङ्गना हरुको सङघर्षको इतिहासले हामीलाई बोल्न लेख्न राजनीतिक अधिकार स्थापित गरेपनि समाजमा श्रमजीवी महिलाहरु अपहेलित हुनुपरेको समान ज्याला नभएको , घरको किल्ला बाट बाहिर निस्कन नपाएको कुरा राख्दै समाज रुपान्तरण का लागि नेपाली महिला हरेक आन्दोलनमा जुरुक्क उठनुपर्ने कुरा राख्दै हालै आन्दोलनका बिज छलफल नेै नगराई संसदबाट राष्ट्रघाति mcc पास गरिनु देश र जनताको लागि ठुलो धोका भएको बताउदै mcc सडकबाट जनताको बिद्रोहले बढार्नुपर्ने भन्ने कुरा राख्दै आगामी दिनहरु सहज नभएको हुदा सङ्घर्ष होमीन सम्पुर्णलाई अपिल गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा का केन्द्रीय सदस्य कमला जि सि ले शुभकामना मन्तब्य दिदै दलालहरुले देश बेचिरहेका ले स्वाभिमानी नेपाली ले सङघर्षबाट राष्ट्रघातिहरुलाई ठेगान लगाउनुपर्ने जोड दिनुभयो । अनेमसंघ का केन्द्रीय सदस्य पुर्णिमा आचार्य शान्ति समाज दाङ जिल्ला सचिव निर्मला डाङ्गी अनेमसंघ क्रान्तिकारीकि केन्द्रीय सदस्य अशोका, लगाएतकाले मन्तब्य दिनु भएको थियोे । कार्यक्रम अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) हेमन्ता घिमिरे को अध्यक्षता भएको कार्यक्रमको सञ्चालन अनेमसंघ क्रान्तिकारी जिल्ला संयोजक रेखा रोकाले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुस