कञ्चनपुरको ग्रामिण भेगको खेलकुद विकासका लागि भन्दै नेकपा एकीकृत समाजवादीका युवा नेता एव समाजसेवी सुरेन्द्र बमले खेलकुद समाग्री सहयोग गरेका छन । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव कञ्चनपुरका समाजसेवी बमले कृष्णपुर नगरको खेलकुद विकासका लागि भन्दै खेलकुद समाग्री सहयोग गरेका हुन ।

समाजवादीका नेता बमले मित्र समाज मार्फत नगरका खेलाडीका लागि विभिन्न प्रकृतिका खेलकुद समाग्री सहयोग हस्तान्तरण गरेका छन । बुधबार एक कार्यक्रमका विच समाजवादीका नेता बमले मित्र समाजका अध्यक्ष जितेन्द्र रावतलाई खेलकुद समाग्री हस्तान्तरण गरेका छन । बमले फुटबल, भलिबल, क्रिकेट लगायतका खेलकुद समाग्री दिएका हुन ।

यसका साथै बमले मित्र समाजका अध्यक्ष जितेन्द्र रावत, उपाध्यक्ष महेश बहादुर भण्डारी, महासचिव दिल बहादुर बोहरा, सचिव हिक्मत भण्डारी, कोषाध्यक्ष धना ठगुन्ना, सदस्य ओम विक्रम बम, शंकर विष्टलाई बधाई समेत दिएका छन । समाजवादीका नेता बमले गाँउका खेलाडीलाई खेलकुदका लागि समाग्री अभाव हुन नदिन सक्दो सहयोग गरेको बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने अभिप्रायका साथ मैले सक्दो सहयोग गरेको छु, ‘नेता बमले भने, ‘मेरै सहयोगबाट गाँउको खेलाडीलाई प्रर्याप्त हुँदैन, यो प्रयास मात्रै हो, गाँउका खेलाडीलार्ई राज्यले समेत हेनुपर्छ ।’ खेलकुद समाग्री पाएसंगै मित्र समाजले बमप्रति आभार प्रकट गरेका छन । देशमा तीन सरकार हुँदा समेत खेलकुदका लागि स्थानीयदेखि प्रदेश, संघीय सरकारले नदिएपनि समाजवादीका युवा नेता बमले गाँउका खेलाडीको मर्म बुझेको भन्दै आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुस