कञ्चनपुर फागुन २६ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीबाट सामुदायिक वन र चुरेबाट तस्करी हुन लागेको काठ बरामद गरिएको छ ।बिहीबार बेदकोट नगरपालिका ७ मुसेपानीबाट मिनी ट्रकमा काठ तस्करी गरिरहेको अवस्थामा काठ बरमद गरिएको छ ।

गणेश सामुदायिक वनका अध्यक्ष कृष्ण भण्डारीले चुरे जंगल क्षेत्रबाट काठ मिनी ट्रकमा तस्करी गरिरहेको अवस्थामा बरामद गरि वनमा बुझाएको बताए । उनका अनुसार बा३प३३५ नम्बरको ट्रकमा १२ गोलिया लोड गरेर तस्करी गरिरहेको अवस्थामा बरामद गरेर डिभिजन वन कार्यालयका बुझाएकोछ । डिभिजन वन कार्यालय कञ्चनपुरले उक्त काठ कसको हो, भन्ने बारेमा अध्ययन भईरहेको बताए ।

प्रतिक्रिया दिनुस