कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली पुल निर्माण कम्पनीलाई समयमै राजस्व तिनुपर्ने आग्रह गरेको छ । बिहीबार भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले आफ्नै कार्यकक्षमा संचारकर्मीसंग महाकाली पुल निर्माण कम्पनीले तिनुपर्ने रोयल्टीको विषयमा छलफल गर्दै पुल निर्माण कम्पनीलाई समयमै राजस्व तिनुपर्ने आग्रह गरेको हुन । उनले पुल निर्माण कम्पनीले कुमार सिएफआईसी जेभीसंग राज्यलाई तिनुपर्ने राजस्व तिर्नका लागि अनुरोध दोहो¥याए ।

‘पुल निर्माण कम्पनीले राज्यलाई झण्डै १२देखि १४ करोडको हाराहारीमा तिनुपर्ने छ, ‘उनले भने, ‘प्राकृतिक स्रोत साधन उपभोग बाफत राज्यलाई सबैले राजस्व तिर्नुपर्छ ।’ प्रवक्ता चन्दले महाकाली पुल निर्माण कम्पनीले राज्यलाई बुझाउनुपर्ने राजस्व नतिर्ने मनसायले अनेकन तिकडन गरेर अड्डा अदालत धाएपनि सिङ्गो महाकाली नदीमाथिको दोहन स्रोत कब्जा गर्न खोजेको आरोप लगाए ।

‘ठेकेदारले महाकाली नदीको स्रोत दोहनका लागि अदालतमा मुद्दा दायर गरेर अनेकन उपाया खोजेका थिए, ‘उनले भने, ‘अनेकन तिकडम गर्नुभन्दा सरासर राज्यलाई तिनुपर्ने राजस्व तिरे भईगोनी ।’ अहिले पनि निर्माण कम्पनीले गैर कानुनी रुपमा पुल निर्माण स्थलदेखि दक्षिण र उत्तरमा दोहन गरिरहेको भन्दै रोक्नका लागि सम्बन्धीत निकायमा पत्राचार गरेको प्रवक्ता चन्दले बताए । गैर कानुनी गतिबिधी रोक्नका लागि प्रहरीमा पत्राचार गरेपनि नरोकिएको उनले बताए ।

‘हामीले निर्माण कम्पनीलाई राजस्व तिर्नका लागि पटक पटक पचाचार गरेका छौँ, ‘उनले भने, ‘अझैसम्म तिरेको छैन, अब नतिरे अशुल्छौँ ।’ राष्ट्रिय गौरबको आयोजनाको बहानामा कानुनी अनुरुप राज्यलाई तिनुपर्ने रकम नतिर्ने धुर्की लगाईरहेको बताउदै प्रवक्ता चन्दले तिर्नुको विकल्प नभएको बताए । बषौँेदेखि उक्त निर्माण कम्पनीले रकम नबुझाउँदा महालेखाले समेत भीमदत्त नगरको २करोड ९०लाख रुपैया बेरुजु देखाएको बताए ।

केही समय अघि स्थानीयले कमसल खालका समाग्री प्रयोग गरेको भन्दै आन्दोलन गरेका थिए । बालुवा प्रयोग गरेर पहुँचमार्ग बनाएर भत्किएको भन्दै स्थानीयले वडादेखि महाकाली पुल आयोजनासम्म आन्दोलन गरेका थिए । उक्त महाकाली नदीको स्रोत पुलको बहानामा बाहिर लगेर बेच्नेदेखि मापदण्ड विपरितका काम भईरहेको भन्दै जनप्रतिनिधी सहित स्थानीयले ठेकेदार बिरुद्धमा आन्दोलन गरेका थिए ।

प्राकृतिक स्रोत साधन प्रयोग गरे बाफत ठेकेदारले राज्यलाई राजस्व नतिरेको विषयमा राजनीतिक दल, निकाय, सरकारी निकाय एव सरोकारवाला पक्षको ध्यानाकर्षण भएको छ । कुमार सिएफआईसी जेभीका ईन्जिनिर किशोर पाण्डेले राजस्व बारे आफुलाई केही थाहा नभएको प्रतिकृया दिएका छन । पुल निर्माणमा लार्पबाही भईरहेको विषयलाई लिएर स्थानीय समेत आक्र्रोसित हुँदै आएका छन ।

प्रतिक्रिया दिनुस