कञ्चनपुर फागुन २८ । सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ । अधिकृत पन्तको ५३ वर्षको उमेरमा निधन भएको हो ।
शनिबार उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा पन्तको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्क रक्तस्राव भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकीटोलका पन्त निधनले शुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कुशल अभिभावक गुमाएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले बताए ।
प्रतिक्रिया दिनुस