कञ्चनपुर फागुन २८ ।  नेकपा विप्लव निकट युवा संगठन नेपाल लगायत  ५ दल २ मोर्चा  निकट युवा संगठनहरूले कैलालीमा एमसीसी खारेजका लागि बिरोध प्रदर्शन गरेका छन । सयुक्त युवा मोर्चाका कञ्चनपुर र कैलालीद्वारा आयोजित कार्यक्रम राष्ट्रघाति सम्झौता mccका विरुद्ध सयुक्त युवाहरुको विरोध प्रदर्शन कार्यक्रम कैलालीको पार्क चौकमा सम्पन्न भएको छ ।

बिरोध सभा कार्यक्रममा नेकपा विप्लवका केन्द्रीय सदस्य ओम प्रकाश पुनले सम्बोधन गर्दै युवाहरुले अमेरिकी सम्राज्यवादका बिस्तारवादका विरुद्ध युवाहरुले सशक्त ढंगले अगाडि बढ्नु पर्ने बताएका छन । अमेरीको एमसीसी सम्झौतालाई सहयोगका भनेर सरकारले गम्विर राष्ट्रघात गरेको हुदाँ अव क्रान्तिकारी युवाहरूले समसीसी खारेजका लागि संघर्षमा उत्रिनु पर्ने बताए।

त्यस्तै नेकपा विप्लव पार्टी निकटका युवा संगठन नेपाल का केन्द्रीय उपाध्यक्ष दिनेशले  विरोध प्रदर्शन कार्यक्रमको सम्बोधन गर्दै राष्ट्रियता माथि अमेरिकी सम्राज्यवादको दादागिरी एकातिर छ भने भारतीय विस्तारवादले दार्चुला जिल्ला लगायत अन्य जिल्लामा सिमा अतिक्रमण गरिरहदा नेपाली शाषकहरु टुलुटुल हेरेर बसिरहेका बताए ।  दलाल सत्ताका मतियारहरुले राष्ट्रियता संरक्षण गर्न सक्दैनौं भने तिमिहरु तु राजिनामा दिएर अमेरिका भारत गएर मात्रै तिमिहरुले ज्यान बचाउन सक्छौ हैन भने नेपाल अब क्रान्तिकारी युवाहरुले तिमिहरुलाई चयन संग बस्न नदिने बताएका छन ।

राष्ट्रिय जनमोर्चा निकट युवा संगठन का केन्द्रीय सदस्य प्रसान्तले अमेरिकी दलालहरुले देश बेच्ने बेला सम्पूर्ण देशभक्त युवाहरु एक हुनुपर्ने बताएका छन ।

उक्त बिरोध प्रदर्शन कार्यक्रम सञ्चालन युवा संगठन नेपाल का सुदुरपश्चिम प्रदेश  ईन्चार्ज भुवन कुवरले गरेको थिए ।

कैलालीमा भएको सयुक्त युवा संगठनको बिरोध कार्यक्रममा हजारौ युवाहरू एमसीसी सम्झौता खारेजका लागि  बिरोध प्रदर्शनमा उत्रिएका युवा संगठन नेपाल जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले बताएका छ।

प्रतिक्रिया दिनुस