कञ्चनपुर, । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कञ्चनपुरको अध्यक्षमा भान बहादुर महरा चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी निजामती कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट महराको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।

उपाध्यक्ष हेमराज भट्ट, टिका भट्ट, रमेश चौधरी, ईश्वरी पौडेल, सचिव महेश भट्ट, कोषाध्यक्ष लक्ष्मीदत्त पन्त, सदस्य हेमराज अवस्थी, अम्मर बहादुर कुँवर, हरिदत्त भट्ट, श्याम राना, ईन्दु भट्ट, प्रकास अवस्थी रहेका छन । अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधी समेत छनौट गरेको छ ।

दिपकराज भट्ट, कृष्ण सिह साउद, खगेन्द्र चौधरी, श्याम कुमार राना, दुर्गा सिह धामी, र्तकराज भट्ट, गंगा बस्नेत प्रदेश प्रतिनिधी र दिवानीराम लुहार, जनक कुमार चौधरी, पृथ्वीराज अवस्थी, हरि जोशी केन्द्रीय प्रतिनिधी छनौट भएका छन ।

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मान बहादुर धामी(सन्तोष)को प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालन कृष्ण विष्टले गरेका थिए । प्रमुख अतिथि मन्त्री धामीले जनताको काममा खटिन कर्मचारी प्रशासनलाई निर्देशन दिएका थिए । कार्यक्रममा विभिन्न सेवा निवृत कर्मचारीलाई सम्मान एव अनाथालयमा खाद्यान्न वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुस