ईश्वरी प्रसाद गैरे दाङ ,फागुन २८ , एमसीसी सम्झौता खारेज लागि  छ दलिय मोर्चाको आन्दोलन निरन्तर चलिरहेको छ । एमसीसीको बिरोधमा दाङमा क्रियाशिल छ दलिय पार्टीका युवा मोर्चाले घोराही बजारको ट्राफिक चोकबाट नाराजुलुस लगाउदै नगर परिक्रमा गरेर तुलसीपुर चोकमा पुगेर कोण सभा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख वक्ता नेकपा निकट युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनले दलालहरुले संसदबाट mcc अनुमोदन गरेर साम्राज्यवादको चाकरी गरेको बताउदै नेपाली जनताको सडक सङघर्षबाट mcc खारेजी गर्नुपर्ने र  लालहरुलाई देशबाट निकाला गर्नुपर्ने कुरा बताएका छन ।

नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघ दाङका जिल्ला अध्यक्ष चित्र बहादुर एम सि ले दलालहरुले नयाँ राष्ट्रघात गरि सदनबाट mcc सम्झौता अनुमोदन गरि प्रभुहरुको चाकरी गरेको कुरा बताउनुभयो । नेकपा निकट युवा संगठन दाङका अध्यक्ष बिरेन्द्रले नेपाली जनतालाई घोकादिने दलालहरुलाई ठेगान लगाउनुपर्ने यसको जिम्मेवारी युवाहरुले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रम अर्का वक्ता नेकपा ( क्रान्तिकारी माओबादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग नेपाल दाङका फ्याक्सन इञ्चार्ज मन बहादुर वलीले दलालहरुले बिदेशी प्रभुको दवाबमा परेर राष्ट्रघाती एमसीसी संसदबाट अनुमोदन गराएर पास गरेको बताए । राष्ट्रघाति एमसीसी सम्झौता पास गर्ने दलका नेताहरूलाइ  गाउँगाउँबाट लखेट्नुपर्ने भएकोले जनताले साथ दिन अपिल गर्नुभयो ।

इतिहासमा नेपाली जनता सुघौली सन्धि भन्दा अगाडि स्वतन्त्र रहेको त्यसपछि हामी स्वतन्त्र नरहेको कुराराख्दै कोशी गण्डकी कर्णाली महाकाली कालापानी हुदै अहिले mcc सम्झौता सँसदबाट अनुमोदन गरेर अमेरिकी साम्राज्यवादलाई निम्ता दिएकाले समयमै दलालहरुलाई गाउँगाउँ बाट सबै दलालहरुलाई तह लगाउनुपर्छ भन्दै देश सिरिया ,बुरुणडी अफगानिस्तान हुदै युक्रेनको जस्तो परिस्थिति सृजना हुने भएकोले सडकबाट mcc खारेजी का साथसाथै दलालहरुलाई पनि बढार्नुपर्न भएकोले सबैलाई सजक रहन आग्रह गर्नुभयो । बिरोध कार्यक्रमको सञ्चालन युवा नेता  मनोजले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुस