कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको लक्ष्मी माविको अध्यक्षमा पुन दरशथ भण्डारी चयन भएका छन । भीमदत्त नगरपालिका १९ बाँगफाँटा स्थित लक्ष्मी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भण्डारी चयन भएका हुन । सोमबार विद्यालयमा भएको अभिभावक भेलाले भण्डारीलार्ई पुन अध्यक्ष र अन्य बाँकी सदस्यलाई चयन गरिएको विद्यालयका प्रध्यानाध्यापक प्रमानन्द नाथले बताए । उनका अनुसार यस अघि भण्डारी सोही विद्यालयको अध्यक्षमा थिए ।

 

भण्डारीले विद्यालयको बृद्धि विकासमा योगदान पु¥याएको भन्दै अभिभावकले पुन उनलाई नै जिम्मेबारी दिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव पुर्व विद्यार्थी नेता समेत रहेका भण्डारीलाई अभिभावकको आशा भरोसा भएकाले फेरी अध्यक्षको जिम्मेबारी पाईएको अभिभावकले बताएका छन । भीमदत्त नगरपालिका १९का वडाध्यक्ष तथा जेष्ठ सदस्य दामोदर महराको अध्यक्षमा सदस्य छनौट गरिएका थिए ।

 

सदस्य तर्फ यादवी अवस्थी, धनमती ठगुन्ना, तिलकराज जोशी, रतन ब. गुरुङ्ग, दिपज्योती जोशी रहेका छन । शिक्षक प्रतिनिधीमा रामदत्त विष्ट र विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा शिक्षा ऐन अनुरुप प्रअ प्रमानन्द नाथ नै रहने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिलाई भीमदत्त नगरपालिका शिक्षा प्रमुख हरिदत्त जोशीले शिक्षा ऐन अनुरुप विद्यालयको बृद्धि विकासमा काम गर्न अनुरोध गरेका छन ।

 

फेरी लक्ष्मी माविको अध्यक्षमा चयन भएका दशरथ भण्डारीले विद्यालयको बृद्धि विकासका साथै थप गुणस्तरबृद्धि गर्ने योजना ल्याउने बताए । ‘म यही विद्यालयमा पढेको हुँ, ‘उनले भने, ‘विद्यालयको बृद्धि विकासका लागि अझै मेहनत गर्छु ।’ भण्डारी हालै माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा समेत नियुक्त भएका थिए । विद्यालय जिवनबाट राजनीतिमा होमिएका भण्डारी विभिन्न समाजिक क्षेत्रमा जिम्मेबारीमा छन ।

प्रतिक्रिया दिनुस