कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा राष्ट्रिय भूमी आयोगको काम दुत गतिमा अघि बढेको छ । सरकारले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व हस्तान्तर गर्ने लक्ष्य अनुरुप बेलौरी नगरपालिकाले राष्ट्रिय भूमी आयोगको काम दुत गतिमा अघि बढाएको छ ।

बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले नगरका भूमिहिन दलित, सुकुमबासी र जमिन भएर पनि लालपुर्जा नभएका जनताको तथ्याङ्क संकलन गरेर जमिन नापचाँजका लागि निस्सा वितरण शुरु गरिएको बताए । सोमबार बेलौरी नगरपालिकाले ४नम्बर वडादेखि निस्सा वितरण गरेको छ ।

मेयर चौधरीले निस्सा वितरण कार्यक्रममा बेलौरीका सबै जनतालाई जमिनको स्वामित्व ग्रहण गराउने बताए । ‘अब बेलौरी नगरका कोही पनि जनता जमिन बिहिन हुने छैनन, ‘उनले भने, ‘सबै जनतालाई जमिनको मालिक बनाउँछौँ ।’

मेयर चौधरीले बेलौरी दलित भूमिहिन, सुकुमबासी सबैलाई जमिन दिने र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व हस्तान्तरण गरिने बताए । ‘बषौँदेखि भूमिहिन भएका जनता र जमिन भएर पनि लालपुर्जा नभएका जनता अब जमिनको मालिक बन्छन, ‘मेयर चौधरीले भने, ‘हामीले त्यसका लागि रातदिन काम गरिरहेका छौँ ।’

जनतालाई जमिनको मालिक बनाउने आफ्नो राजनीतिक एजेण्डा भएको भएको उनले बताए । ‘हामी चुनावमा होमिदा जनतालाई जमिनको मालिक बनाउने मेरो र पार्टीको एजेण्डा पनि थियो, ‘मेयर चौधरीले भने, ‘केन्द्र सरकारसंगको समन्वय गरेर जनतालाई जसरी भएपनि जमिनको मालिक बनाउँछौँ ।’

फागुन अन्तिम साता बेलौरीको ४नम्बर वडाबाट शुरु भएको निस्सा वितरण अन्य वडाहरुमा समेत क्रमिक रुपमा शुरु हुने मेयर चौधरीले बताए । मेयर चौधरीका अनुसार निस्सा वितरणसंगै अव्यवस्थित बसोबासीको हकमा जमिन नापजाँच गर्ने बताउदै भूमिहिन दलित र सुकुमबासीका लागि जमिन खोज्ने र सरकारसंग पहल गर्ने बताए ।

मेयर चौधरीले छुटफुटको समेत संगै विवरण लिईने बताए । मेयर चौधरी सहित वडाध्यक्ष अर्जुन ढकाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत शुशिला लेखक सहितले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई हस्तान्तरण गरेका थिए ।

बेलौरी नगरपालिका भूमिहिन अव्यवस्थित सेवा ईकाइ केन्द्रका अधिकारी नरेश भट्टले बेलौरीमा कुल सुकुमबासी भूमिहिन भएको बताए । उनका अनुसार भूमिहिन दलित २सय ६३, भूमिहिन सुकुमबासी ३ सय २३ र अव्यवस्थित बसोबासी ४ हजार ९१८ रहेका छन । नगरपालिकाले राष्ट्रिय भूमि आयोगको काम अन्र्तरगत निस्सा वितरण गर्नथालेपछि भूमिहिन दलित, अव्यवस्थित बसोबासी र सुकुमबासी हर्षित भएका छन । उनीहरुले व्यवहारिक रुपमा काम शुरु गर्नुपर्नेमा आशा व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुस