कञ्चनपुर ,फागुन ,२९ । काठमाडौंमा सम्पन्न सोह्रौ किसिपिडी बुदोकैदो फूलकन्ट्याक्ट कराँते राष्ट्रिय प्रतियोगितामा शुक्लाफाँटा बुदोकैदो शाखाबाट सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन ।

शुक्लाफाँटा शाखाबाट सहभागि खेलाडीहरूले विभिन्न समुहमा प्रथम  स्थान हाँसिल गर्न सफल भएका छन । बुदोकैदो फूलकन्ट्याक्ट कराँते राष्ट्रिय प्रतियोगितामा राजेश जाग्रीले  २५ केजी समूहबाट  प्रथम  स्थान हाँसिल गर्न भएका छन । त्यस्तै प्रसान्त बिष्टले ३० केजी समुहमा प्रथम  ३५ केजी समुहमा वाशुदेव खडायत प्रथम स्थान हाँसिल भएका छन ।

क्रमस ५० केजी समुहमा अस्मिता राना ४० केजी समुहमा मनिष जोशी २५ केजी समुहमा सोम बाबु बिष्ट द्धितिय स्थान हासिल गर्ने सफल भएका छन । सहभागी खेलाडीबाट ४०  केजी समुहबाट पवन बोहरा तृतीय स्थान हासिल गर्न सफल भएको शाखा प्रमुख लक्ष्मन बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस