कञ्चनपुर फागुन २९ ।  कञ्चनपुरको बेदकोट नगरपालिका सुन्दरपुरमा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि.को  दशौ वार्षिक साधारण सभा एवं चौथो अधिवेसन सनिवार सम्पन्न भएको छ ।अधिवेसनबाट सर्वसम्मत रूपमा संचालक समिति एवं लेखा समिति चयन भएको छ ।

संचालक समितिको अध्यक्षमा शिवराज भट्ट चयन भएका छन ।त्यस्तै संस्थाको उपाध्यक्ष  नरेश ठकुराठी,सचिव पदम सिंह कुँवर,कोषाध्यक्ष शंकर दत्त भट्ट,सदस्यमा नरेन्द्र राज पन्त, चन्द्रा देवी भट्ट, कृष्ण प्रसाद भट्ट, भोजराज पन्त, चन्द्रकान्त भट्ट, प्रकाश कलौनी, घुम्मन सिंह राना चयन भएका छन ।

त्यस्तै  इन्द्रेणी कृषि सहकारी संस्था लि.को लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक अर्जुन देव पाण्डेय, सदस्यमा, बबिता बडु,  डम्मर बिष्ट सर्वसम्मत चयन भएका छन । साधारण सभामा  प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री माननीय श्री लालबहादुर खड्का रहेका छन ।

 

 

प्रतिक्रिया दिनुस