भुवन भट्ट
महेन्द्रनगर २९ साउन । माध्यमिक शिक्षा परिक्षा (एसइइ)को ग्रेडसुधार परीक्षा आगामि भाद्र १ देखी सुरु हुने भएको छ । अगामी भदौ १ गतेदेखि हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ)को ग्रेडसुधारको परिक्षा कञ्चनुरका ७ केन्द्रवाट सञ्चालन हुने भएको हो । जिल्ला सदरमुकाम आसपास मात्रै ७ वटा परिक्षाकेन्द्र राखी परिक्षा सञ्चालन हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जानकारी दिएको छ ।
महेन्द्रनगर स्थित बैजनाथ माध्यामिक विद्यालय , महेन्द्रनगर माध्यामिक विद्यालय , निङ्लासैनी माध्यामिक विद्यालय, भृकुटि माध्यामिक विद्यालय, जानकी कन्या माध्यामिक विद्यालय , शान्ती निकेतन माध्यामिक विद्यालय र लिटिलबुद्ध माध्यामिक विद्यालयमा ग्रेडबृद्धि परिक्षाको लागी परिक्षाकेन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका साखा अधिकृत राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
कञ्चनपुरबाट ग्रेड सुधारका लागि १९ हजार ११ जना परीक्षार्थि परीक्षामा सहभागि हुने उनले जानकारी दिए । उनका अनुशार विद्यान विषयको ग्रेड सुधार गर्ने विद्यार्थि अत्याधिक रहेका छन् । विज्ञान विषयमा ३ हजार १ सय ३९ विद्यार्थिले ग्रेड सुधारका लागि परीक्षा दिने साधा अधिकृत भट्टले बताए ।
अंग्रेजी बिषयमा ग्रेड सुधार तर्फ २ हजार ९ सय १८ परीक्षार्थी , नेपालीमा १ हजार १ सय ३५ परीक्षार्थि , गणितमा ४ हजार ७ सय परीक्षार्थी , एच्छीक गणित तर्फ , ६ सय ७ , सामाजीकमा २ हजार २ सय १४ परीक्षार्थी , अर्थशास्त्रमा २ हजार १ सय ७३ परीक्षार्थी , शिक्षामा ३ सय ३२ परीक्षार्थी , सुसाङ्ख्यमा १ सय २१ परीक्षार्थीले ग्रेड सुधारका लागि परीक्षा दिने भएका छन् ।
कञ्चनपुरको बेलौरी , बेल्डाडी , पुर्नवास , गुलरीया , बाणि बाट परीक्षा दिन केहि असहज हुने गरेको परीक्षार्थिहरुको भनाई छ । परीक्षाकेन्द्र अन्य स्थानमा समेत तोकिए सहज हुने अविभावकहरुले बताएका छन् । सदरमुकाममा परिक्षा दिन आउदा खर्चिलो र बासबस्दा समस्या हुने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई परिक्षा दिन समेत समस्या हुने गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुस