भोली साउन ३० गते विहिवार दिन हिन्दु धर्मावलम्वीहरुले रक्षाबन्धन धुमधामका साथ मनाउने भएका छन् ।यो पर्व श्रावन शुक्ल पुर्णिमाको दिन मनाईने गरीन्छ ।भोलीका दिन विभिन्न महादेवको मन्दिरहरु पशुपति नाथ, ललीतपुरको कुम्भेश्वर, रसुवाको गोसाईकुण्ड, भक्तपुरको डोलेश्वर महादेव,जनकपुर धामको गंगासागर तथा धनुष सागर, जुम्लाको दाम साधु, त्रिवेणी आदी स्थानहरुमा स्नान गरी महादेवको पुजा गर्न ठुलो भिड लाग्ने गर्दछ ।
हिन्दुहरुले श्रावन शुक्ल चतुर्दसीको दिन चोखो एक छाक खाएर भोली पल्ट आर्थात श्रावन शुक्ल पञ्चमीको दिन नदी, तलाउँ, धारा, पधेरा आदी ठाउँमा गएर गाईको गोवर र तुलसीको फेदको माटोले स्नान गरी जौं, तिल र कुशको टुक्राले ऋषि तर्पण गरी बैदिक विधी पुर्बक मन्त्रण गरीएको नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पुर्णीमा पनि भन्ने गरीन्छ ।
हिन्दु दर्शन अनुसार विशेष प्रकारको मन्त्र गरीएको जनैमा रहेका शिखाको अर्थ ब्रम्हासुत्र अर्थात ज्ञानको धागो हो । जसमा तिनवटा शिखाहरुमा ब्रम्हा, बिष्णु र महेश्वरले बास गरेका हुन्छन् भन्ने विश्वास रहेको छ । रक्षा बन्धनलाई हिन्दु शास्त्रमा असुर र देबगण विच भएको युद्दमा देबगणको विजय सगँ जोडीएको छ ।
जसमा भनीएको छ, सत्य युगमा दैत्यदानव र देवगण बिच ठुलो युद्द भयो जसमा देबताहरुको पराजए भयो । देबगणको पराजए पस्चात धर्म र सँस्कृतिको विनास हुन थाल्यो र बिकृतीले प्रसए पाउँन थाल्यो । जसबाट इन्द्र बैराग्गीएर बाच्नु भन्दा मर्नु बेस ठानी उनले पुनः असुर समक्षा अन्तीम लडाई लड्ने अठोट गरे ।
अतः देब गुरु वृहस्पतिले इन्द्रको विजयको कामना गरी दाहीने हातमा उनलाई रक्षा बन्धन बाध्ने काम गरे जसमा “येन वद्दो वलिराजा दानवेन्द्रो महावलाः तेन मनौण् वहनामि रक्षा माचल माचल मन्त्रको प्रयोग गरे ।त्यस पछी युद्दमा देबराज इन्दले विजय प्राप्त गरे । त्यसै गरी वामन अबतार धारी बिष्णुले पनि राजा बलिलाई यही मन्त्र प्रयोज गरी घागोले बाधेर तिनै लोक लिएको किंबदन्ती जोडीएको छ ।
यस दिन गुरु पुरोहीतहरुले विशेष प्रकारको मन्त्रण गरीएको धागोले बाधने गर्दछन् । जसमा निम्न मत्रको प्रयोग गरिदै आएको छ । “यन वद्दो बलिराजा, दानवेन्द्रो महाबल, तेन त्वं प्रतीवध्नामी रक्षा माचल माचल ।।” हिन्दु धर्म शास्त्र अनुसार गुरु पुरोहितहरुले श्रावन शुक्ल पर्णिमाको दिन यी मत्र उच्चारण गरी रक्षा बन्धन बाधेको खण्डमा सधै विजय प्राप्त गर्ने विश्वास रहिआएको छ ।
यस दिनमा सप्त ऋषि९भारद्वज, कश्यव, आत्री, गौतम, वशिष्ठ, विश्वामीत्र० तथा दिबङ्गत पित्रीको नाममा जौ, तिल र कुशको टुक्राले तर्पण दिने भएका कारण यस पर्बलाई ऋषि तर्पणीका नामले पनि चिनिने गरिन्छ । यस दिन तर्पण दिएको खण्डमा देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ ।
त्यसै गरी यसै दिन नेपालको तराई क्षेत्र र भारतको केही ठाउँमा दिदी वहिनीहरुले दाजु भाइलाई राखी बाध्ने चलन छ । जसलाई हिन्दु शास्त्रमा यमराज र यमुनाको कथा सगँ जोडीएको छ । यसै दिन यमराजले आफ्नी बहिनी यमुना सगँ राखी बाध्ने क्रममा भनेका छन् “जसले यस दिन आफ्नो दिदी बहिनीको हातबाट राखी बाध्छ उसले यमराजले दिने सम्पुर्ण दुखबाट मुक्ती प्राप्त गर्दछ ।“ यसै कथनलाई आधार मानेर त्यसै समय देखी राखी बाध्ने चलन चल्दै आएको छ ।
हाम्रो हिन्दु शास्त्र अनुसार विभीन्न कथनहरुलाई हेर्ने हो भने श्रावन शुक्ल पुर्णिमाको दिन जसले विशेष प्रकारले मन्त्रण गरीएको डोरो र राखी बाध्छ उसले आफुले आटेको कामहरुमा सफलता पाउँने किंबदन्ती प्रस्तुत गरीएको छ ।