कञ्चनपुर, चैत्र, ३ । अखिल  (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

वुधवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ पेट्रोलियम पदार्थको बुद्धि खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको समेत मूल्यवृद्धि भइरहेको छ । यो अवस्थामा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । तर, कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैर जिम्मेवार बन्नुका साथै दलाल र माफियाहरूको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।

हप्ता हप्तामा पेट्रोलिम पदार्थको मुल्य बृद्धि हुदै आएको छ ।एक हप्ता नपुग्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर्‍याइएको छ । साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको भइरहेको मुल्यबृद्धि लगायत अन्य बस्तुको मुल्य बृद्धिको बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस