कञ्चनपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल कञ्चनपुरको संयोजकमा युवा नेता तिलक जप्रेलले पाएका छन । वाईसियल सुदुरपश्चिम प्रदेशको बैठकबाट वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी युवा नेता जप्रेललाई पाईएको हो ।
तत्तकालिन वाईसियल कञ्चनपुर जिल्ला सचिवको जिम्मेबारीमा रहेका जप्रेलको साँगठानिक संकृयता र नेतृत्वका आधारमा अहिले संयोजकको जिम्मेबारी दिएको छ । झण्डै दुई दशकदेखि माओवादीमा होमिएका युवा नेता जप्रेलले वाईसियल कञ्चनपुरको नेतृत्व पाएसंगै उनले सबैखाले सरकारी विकृती बिरुद्धमा संघर्ष गर्ने बताएका छन ।
संयोजक जप्रेलले सगठनलाई चुस्त दुरुस्त बनाउँदै भावि चुनावमा युवा शक्तिलाई परिर्वतनको पक्षमा लाग्न आब्हान गर्ने बताए । ‘आफुलाई संगठनले दिएको जिम्मेबारी अनुरुप युवालाई एकजुट गराएर संगठन, पार्टी र जनताको पक्षमा काम गर्छु, ‘वाईसियल कञ्चनपुर संयोजक जप्रेललले भने, ‘युवा शक्ति जनताकै हितमा अघि बढ्छ ।’
योसंगै वाईसियल कञ्चनपुरको जिल्ला सचिवमा रमेश पार्की र वाईसियल केन्द्रीय सदस्य अर्जुन साउदलाई सुप प्रदेशको संगठन विभागको जिम्मेबारी दिएको छ । वाईसियल कञ्चनपुरले अब जिल्लामा हुने भ्रष्टाचार, विकृति बिरुद्धमा शसक्त भएर जनपक्षीय काममा जुट्ने संयोजक जप्रेलको प्रतिबद्धता छ ।