कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा माओवादी केन्द्र प्रवेस गर्ने जनता ओईरिएका छन । शनिबार माओवादी केन्द्र बेलडाँडीको पाटी कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा दर्जनौँले प्रवेस गरेका छन ।

एमाले, काँग्रेस, विप्लव, जनमोर्चा परित्याग गरेर माओवादी प्रवेस गर्नेहरुको ओईरो लागेको माओवादी केन्द्र बेलडाँडीका सचिव चेत बहादुर शाहले बताए । माओवादी प्रवेस गनेहरु एमालेबाट खडक थापा, बलदेव पन्त, सुरेन्द्र विष्ट, मिन दमाई, दिल ब. सुनार, कलावती रावल, पप्पु सुनार, सरस्वती टमाटा, दिल ब. टमाटा, चक्र सुनार, हेमा कोली, कलावती रावल, काँग्रेसबाट भुपेन्द्र बहादुर सिह, मदन राना, जनमोर्चाबाट हरिना सुनार रहेका छन ।

माओवादी केन्द्रमा दमाई एकता समाज सिङ्गो प्रवेस गरेको छ । दमाई एकता समाजका अध्यक्ष गुलाब आउजी नेतृत्वमा निसा आउजी, दिपा आउजी, तुलसी आउजी, तारादेवी दमाई जया नेपालीले प्रवेस गरेका छन ।

दमाई एकता समाजका अध्यक्ष गुलाब आउजीले अन्य पार्टीले दलित दोहन गर्ने माओवादीले नीतिगत व्यवहारिक दलित समुदायको भलो गरेको भन्दै प्रवेस गरेको बताए । माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, खानेपानीमन्त्री समेत रहेकी माओवादी नेतृ बिना मगरले प्रवेसहरुलाई स्वागत गर्दै बेलडाँडीमा माओवादी केन्द्रको लालकिल्ला बनाउन आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस