कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले प्रशिक्षण तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण गरेको छ । शनिबार शुक्लाफाँटा नगरपालिकामा शिक्षक संगठनको समसायिक राजनीतिक विषयमा प्रशिक्षण गरेको हो ।

कार्यक्रममा शिक्षकका प्रतिनिधीहरुले शिक्षामा आमुल परिर्वतन र विकासका लागि यस अघि सरकारसंग भएका सम्झौता कार्यान्वयनमा जोडदिएका छन । माओवादी निकट शिक्षक संगठनका अगुवाहरुले आफ्नो संगठनकै कारण बाल विकासका शिक्षक, विद्यालय कर्मचारी, शिक्षकको बृद्धि विकास एव सामुदायिक विद्यालयको शैक्षिक विकास भईरहेको बताएका छन ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले हालै शिक्षा क्षेत्रको विकासका लागि शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच भएको ५१बुँदे सहमतीबारे जानकारी गराउँदै सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा एमाले, काँग्रेस निकट शिक्षक संगठनबाट माओवादी केन्द्र निकट शिक्षक संगठन प्रवेस गरेका उमेश प्रशाद चौधरी, दान बहादुर शाहलाई स्वागत गरेका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका नेता गणेश धानुकले कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका सुप प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, राज्यमन्त्री मान बहादुर सुनारले समसामयिक राजनीतिक विषय र शिक्षाको विकास, शिक्षकको भूमिका बारे प्रशिक्षण गरेका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उज्जल सिह धानुकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरीका शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस