कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको राना थारु संग्राहलमा भ्रष्टाचार भएको भन्दै नेपाली काँग्र्रेसले तालाबन्दी गरेको छ । नेपाली काँग्रेस लालझाडी गाँउ समितिले आइतबार संग्राहलयमा तालाबन्दी गरेको हो ।

संग्राहलयमा आएको ३ लाख ५० हजार बजेटमा संग्राहलयका संयोजक डिठ्ठा नेतृत्वमा भ्रष्टाचार भएको भन्दै तालाबन्दी गरिएको छ । लालझाडी गाँउपालिका सभापति श्रीकृष्ण रानाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संग्राहलमा आएको बजेट भ्रष्टाचार भएकाले बेरुजु सुचना टाँस्न एक साताका लागि चेतावनी पत्र दिएको छ ।

प्रतिक्रिया दिनुस