कञ्चनपुर । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले पुर्णता पाएको छ । यस अघि अध्यक्ष देवेन्द्रराज ढुङगाना लार्ई मात्रै आयोगको अध्यक्ष नियुक्त गरिएको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले थप तीन सदस्यलाई समेत नियुक्त गरेसंगै भूमि आयोग कञ्चनपुरले पुर्णता पाएको हो ।

भूमि आयोग कञ्चनपुरको सदस्यमा दिल बहादुर देउवा, विज्ञ सदस्यमा राज कुमार चौधरी र महिला सदस्य तर्फ पार्वती कार्की(नेगी)लाई नियुक्त गरेको छ । भूमि आयोग कञ्चनपुरका तीनै सदस्यलाई आइतबार एक कार्यक्रमका विच अध्यक्ष देवेन्द्र ढुङगानाले सपथ ग्रहण गराएका छन ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुर सदस्य दिल बहादुर देउवाले भूमिहिन जनताका लागि आफ्नो तर्फबाट लालपुर्जा दिलाउने काम गर्ने प्रतिबद्धता जाहेर गरे । विज्ञ सदस्य राज कुमार चौधरीले सुकुमबासी भूमिहिन र अव्यवस्थित बसोबासीलाई जमिन दिलाउन पहल गर्ने बताए ।

महिला सदस्य पार्वती कार्की(नेगी)ले भूमिहिन जनतालाई जमिन दिलाउन पहल गर्ने बताए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङगानाले जिल्लाभरी भूमि आयोगको काम शुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुस