महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिको सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर ३ इन्चार्जमा मनोनित भएका छन ।

माओवादी केन्द्र सुप प्रदेश कमिटिले बोक्सरलाई प्रदेश कमिटि सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर ३को इन्चार्जमा मनोनित गरेको हो । माओवादी केन्द्र सुप प्रदेशको सदस्य एव संघीय निर्वाचन क्षेत्र ३को इन्चार्जमा मनोनित भएका कृष्णदत्त जोशी(बोक्सर)ले पार्टीले दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्ने प्रण गरेका छन ।

शिक्षक आन्दोलनबाट राजनीतिमा होमिएका बोक्सरले महाकाली अस्पतालको नेतृत्व सम्हाल्दा अस्पताल सुधार गरेर चर्चा बटुलेका थिए । ०४५ सालदेखि राजनीतिक यात्रामा होमिएका बोक्सर अहिले माओवादी केन्द्रको प्रदेश एव क्षेत्र ३का इन्चार्जको जिम्मेबारी पाएका हुन ।

शिक्षक नेता समेत रहेका बोक्सरले यस अघि भीमदत्त नगर संयोजक, इन्चार्ज एव निर्वाचन समितिको जिम्मेबारीमा थिए ।

प्रतिक्रिया दिनुस