कञ्चनपुर । कञ्चनपुरका निर्माण व्यवसायीले मुल्यबृद्धि नियन्त्रण गर्न माग अघि सारेका छन । दैनिक उपभोग्यदेखि निर्माण समाग्रीको मुल्य दिनप्रतिदिन बृद्धि भर्ईरहेको भन्दै नियन्त्रण गर्न माग अघि सारेका हुन ।

निर्माण व्यवसायी संघ कञ्चनपुुरका अध्यक्ष प्रेम प्रकास भट्टले मुल्य बृद्धि हुँदा निर्माण कार्यका साथै अन्य कामकाज प्रभावि हुने भएकाले अति आवश्यकीय बस्तुको मुल्य नियन्त्रण गर्नुपर्ने बताए ।

संघले सोमबार प्रशासन मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत ज्ञापन पत्र पठाएका छन । कोभिड सहितका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय घटनाले निर्माण समाग्री डण्डी, जिआई तार, ग्याबिन, सिमेन्ट, बिटुमिन, ईन्धन ईटा लगायतका नदीजन्य पदार्थ एव निर्माण समाग्रीको मुल्य बृद्धि र पेट्रोलियम पदार्थको अभाव संगसंगै अत्यधिक मुल्य बृद्धि भएको हुँदा निर्माण व्यवसायीको ध्यानाकर्षण भएको संघका अध्यक्ष भट्टले बताए ।

चर्को मुल्य बृद्धिका कारण साना निर्माण व्यवसायी एक बर्ष भन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मुल्य बृद्धि समायोजन नहुँदा निर्माण आयोजना समेत ठप्प हुने अवस्था बढ्दै गएको बताए ।

अध्यक्ष भट्टले यस अघि ०६३÷०६४मा मुल्यबृद्धिका विच मुल्यबृद्धि निर्देशिका १जारी गरी मुल्यबृद्धि समायोजन दिएको उदाहरण पेश गर्दै आल यस विषयको परिस्थितीमा समेत त्यसै गरी मुल्यबृद्धि निर्देशिका भाग २ जारी राख्नुपर्ने माग अघि सारेका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै निर्माण व्यवसायीले मुल्य बृद्धि नियन्त्रण नभए आन्दोलनको चेतावनी दिएका छन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका सदस्य दिपक भट्टले विकास निर्माणको कामको समयमा निर्माण समाग्री सहितको मुल्य बृद्धिले एकातिर निर्माण व्यवसायी अर्कातिर उपभोक्ता मारमा परेको बताए । बजारमा निर्माण समाग्रीको अभाव भन्दै सहज आपूर्तिका लागि आग्रह गरेका छन । कञ्चनपुरका निर्माण व्यवसायीले मुल्यबृद्धि नियन्त्रण नभए मुलुकमा थप संकट उत्पन्न हुने बताएका छन ।

प्रतिक्रिया दिनुस