कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले गरेको थप जिल्ला सदस्य मनोनितमा केही पुराना नेताहरुले असन्तुष्टी पोखिरहेका छन । थपिएका जिल्ला सदस्य कुन मापदण्ड भन्दै प्रशन गरेर असन्तुष्टी पोखिरहेका छन । एमाले कञ्चनपुरका नेता समेत रहेका बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुृन ढकालले मनोनित गर्दा कुन मापदण्ड अनुसार गरिएको भन्दै प्रशन गरेका छन ।

०४८सालदेखि पार्टीमा लाग्नु भएका गोपाल पाण्डेय, हरि भण्डारी, पदमपानी ढकाल, तुलाराम खरेल, कौसिल्ला खरेल, पदम शर्मा, युवराज अर्याल, ज्ञानेन्द्र गौतम लगायतका धेरै कमरेड मध्ये केही नपर्नुमा पुर्ण रुपमा क्षेत्रीयता मेरो बुझाई रहेको उल्लेख गर्दै असन्तुष्टीता प्रकट गरेका छन ।

‘क्षेत्रीयता तथा तानाशाह प्रवृतिले पाटी चन्दैन, यो पाटी कसैको प्रालि हैन । पार्टीलाई प्रालि बनाउन खोज्यो, पार्टीका जिम्मेबारमाथि हरुलाई धेरै धेरै धन्यवाद । कतिपय एमालेका केही असन्तुष्ट नेताहरुले नेपाल समुह, ओली समुह र माओवादीबाट आएका केही नेताहरुलाई सन्तुष्ट पार्नका लागि पराजित, आफन्तलाई पोस्ने काम भएको टिप्पणी गरिरहेका छन ।

प्रतिक्रिया दिनुस