कञ्चनपुर ,चैत्र ७ । एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको लालपुरमा रहेको शाखा कार्यालयले सोमवार एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका उप प्रदेश कार्यालयका कर्जा असुली बिभाग प्रमुख भुवन राज पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संस्थाका शाखा प्रमुख हिरण्य कुमार बिष्टले गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि पाठकले बित्तिय साक्षरताको महत्व, बचत गर्ने तरिका र कर्जाको प्रकारका बारेमा लघुवित्त संग जोडिएका ग्राहकहरूलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका प्रदेश सर्पोट अफिसर छत्र शाह, शाखा कार्यालय लालपुर शाखा प्रमुख मोनिका धामी, कृष्णा रैखोला लगायत  लघुवित्त संग जोडिएका  १ सय ३ जनाको उपस्थिति रहेको थियो । एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाले देशभरका शाखा कार्यालय हरूमा वित्तिय साक्षरता कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुस