कञ्चनपुर चैत्र७।  अनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष माथी अराजक ट्यापे समुहले सोमवार महेन्द्रनगरमा साङ्घातिक हमला भएको छ ।
नेकपा विप्लव निकट रहेको अनेरास्ववियु क्रान्तिकारी  कञ्चनपुरका जिल्ला अध्यक्ष टेकेन्द्र पाठक आफ्नो संगठनको काममा हिडिरहेको अवस्थामा भीमदत्त नगरपालिका वडा नं ४ गोवरीया बस्ने सुरज नाथ सहितको ट्यापेहरूको गिरोहले साङ्घातिक हमला गरेको अनेरास्ववियु (क्रान्तिकारी)सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज प्रकाश जप्रेलले हस्ताक्षर गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ उक्त घटना प्रति तीब्र घृणा व्यक्त गर्दै घटनामा संलग्न अपराधीहरु माथी कडा भन्दा कडा कारवाहीको माग गर्दै अन्यथा संगठन आफै जन कारवाहीको प्रकृया अगाडी बढाउने चेतावनी समेत विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुस