कञ्चनपुर । संघीय सरकारले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करोडौँ बजेट पठाएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ मा महाकाली अस्पतालमा करोडौँ बजेट पठाएको हो । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले महाकाली अस्पतालको स्तरबृद्धिका लागि बजेट पठाएको छ ।

महाकाली अस्पतालमा ईमरजेन्सी भवन निर्माणका लागि झण्डै डेढ करोड जति बजेट पठाएको गठबन्धन सरकारमा सहभागि नेताहरुले बताएका छन । नेपाली काँग्रेस कञ्चनपुरका नेता सिरोमणी कुमार ओझा(सुर्य)ले गठबन्धन सरकारले यस क्षेत्रका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै बजेट अभाव भईरहेको अवस्थामा बजेट पठाएको बताए । उनका अनुसार काँग्रेस, माओवादी, समाजवादी, जसपा,जनमोर्चा सहितको गठबन्धन सरकारका स्थानीय नेता, संसद पुर्वमन्त्रीको पहलमा बजेट पठाएको बताए ।

‘अहिले सरकार काँग्रेस,माओवादी, समाजवादी, जसपाको छ, ‘उनले भने, ‘सरकारमा नभएका केही मान्छेले आफ्नो पहल गरेको भन्दै झुटा प्रचारबाजीमा लागेका छन ।’ काँग्रेस नेता ओझाका अनुसार काँग्रेस कार्य सम्पादन समितिका सदस्य एव पुर्वमन्त्री एनपी साउद, पुर्वमन्त्री एव माओवादी नेतृ बिना मगर, रमेश लेखक, समाजवादीकी संघीय संसद बिना बुढाथोकी सहितका सत्ता पक्षीय नेताहरुको पहलमा बजेट आएको बताए ।

‘सरकार हाम्रो पार्टीको नेतृत्वमा माओवादी, समाजवादीको छ, ‘उनले भने, ‘सरकारमै नभएका पार्टीका मान्छेले हामीले बजेट हाल्यौँ, भन्नै जनता झुक्याउने काम गरिरहेका छन, यो फगत काम बन्द गर्नुपर्छ ।’ माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सुरेश भट्टले सत्ताधारी राजनीतिक दलको पहलमा महाकाली अस्पतालको स्तरबृद्धि हुने बताए ।

‘सरकारमा भएका पार्टी स्थानीय पार्टी कमिटि र नेताहरुको पहल गर्दा अहिले अस्पतालले मुहार फेर्नेछ, ‘उनले भने, ‘आएको बजेट सदुपयोग हुनुपर्छ ।’ समाजवादी कञ्चनपुरका युवा नेता महेशराज जोशीले सत्ताधारी राजनीतिक दलको पहलकदमी सुझाव अनुरुप अस्पतालमा ठुलो परिमाणमा सरकारले बजेट विनियोजन गरेको बताए ।

‘केन्द्रमा हाम्रो पार्टी लगायतको गठबन्धन सरकार छ, ‘उनले भने, ‘तलबाट हामीले पर्दा पो सरकारले सुन्यो, बजेट पठायो ।’ समाजवादीका नेता जोशीले स्वास्थ्यमन्त्री समाजवादीको हुने, अनि केही अमुख पार्टीले आफुले ल्याएको कुप्रचार गर्न मिल्ने बारे प्रशन गनुभयो । ‘संघीय सरकारका स्वास्थ्यमन्त्री बिरोध खतिवडा हाम्रो पार्टीका छन, ‘उनले भने, ‘हामीले अथक प्रयास गर्दा स्वास्थ्यमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्री बजेट दिएका हुन ।’ गठबन्धन सरकारले करोडौँ बजेट पठाएसंगै अस्पतालको स्तर बृद्धि हुने उनको दाविछ ।

प्रतिक्रिया दिनुस