कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको छ । मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको हो । माओवादी कञ्चनपुरकी नेतृ एव शुक्लाफाँटा नगरकी सह इन्चार्ज दुर्गा भट्टले सहमतीय आधारमा महिला संघ क्रान्तिकारीले वडा स्तरमा धमाधम भेला गर्दै नेतृत्व चयन गरिरहेको बताए । उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव हिरा चौधरी, सह सचिव तुलसी चौधरी, कलसा धानुक, साविबी डगौरा, कोषाध्यक्ष जानकी टमाटा लगायत रहेका छन । कार्यक्रममा माओवादी शुक्लाफाँटा नगर इन्चार्ज दुर्गा भट्टले खास गरी सिमान्तकृत समुदायका महिलाहरु आर्थिक सामाजिक रुपमा सक्रिय हुदै, राजनितिक पार्टीमा गोलबद्ध भई निति निर्माणको तहमा सहभागि हुनु आवश्यक रहेको बताईन । उनले आगामी महिना हुने निर्वाचनमा महिलाले मुख्यमुख्य पदमा उमेदबारीको दावि गर्नुपर्ने र आफुले आस्था राखेको राजनतिक पार्टी मार्फत निर्वाचनमा सहभागि भई बिजय सुनिश्चित गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिदै पुरुषको तुलनामा महिलाहरु ईमान्दार र पारदर्शी हुने भएकोले बिकास निर्माणमा भ्रष्टाचार पनि कम हुने दावि गरिन ।

प्रतिक्रिया दिनुस