कञ्चनपुर  ,चैत्र ,८ । बैशाख ३१ मा हुन लागेको स्थानिय निर्वाचनमा डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा आत्मानिर्भर विकास र सम्वृद्धि गाउँपालिका बनाउने योजना लिएर नेकपा माओवादी केन्द्रका युवा नेता तथा काठमाण्डौँ बिशेष उपत्यका प्रदेश समिति सदस्य डिलाशैनीका स्थानिय लक्ष्मी प्रसाद जोशी चुनाव लड्ने तयारी रहेका छन ।

जोशीले विकास संवृद्धि संगै कृर्षि पर्यटन, लगायतका डिलाशैनीका जनताको जिवन स्तर सुधार, रोजगारी सृजना गर्ने कृर्षिमा आधुनिकरण गर्ने बिशेष मानचित्र कोरेर डिलाशैनीका जनमा जाने बताएका छन । स्थानिय चुनावमा जनताले सेवा गर्ने मैका र अवसर दिए ५ बर्षमा विकासको नमुना कोरेर देशकै उत्कृष्ट गाउँपाललिका बनाउने बताए ।

उन्ले भने डिलाशैनी गाउँपालिकामा कृर्षिमा आधुनिकरण गर्दै सुपर जोन पकेट क्षेत्र बनाएर कृर्षिमा आत्मानिर्भर बनाउने गाँउमा रोजगारी सृजना गर्ने फलफुल तरकारीका पकेट क्षेत्र बिस्तार गरेर किसानलाई आवस्यक पर्ने औजार अनुदानको व्यवस्था गर्ने पशुपालनमा उन्नत जातका पशु खरिद गर्न र नस्ल सुधारका लागि उचित अनुदानको व्यवस्था गर्ने , मैरी पालनको लागि सम्भावना भएका ठाउँमा पकेट क्षेत्र बनाएर व्यवसायिक मैरी पालन गर्दै आत्मनिर्भर बनाउने ,साना घरेलु उध्योग स्थापना गरेर युवा लाई रोजगारी सृजना गराउने , सडक विस्तार गर्दै सबै गाउँ र वार्ड कार्यालय  सम्म सहज रूपमा एम्बुलेन्स जाने सडक निर्माण गर्ने ,धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै प्रर्यटक घुम्न आउने ठाउँमा होम स्टेट होटल रेस्टुरेन्ट सञ्चालन गर्ने , सानो केबुल कारको लाईन  निर्माण गरेर प्राकृतिक सुन्दर हराभरा वनजंगलको अवलोकन गर्ने व्यवस्थापन गर्ने स्वास्थ्य संस्थाको स्वास्थय सुधार गर्दै दक्ष स्वास्थ्य कर्मीको व्यवस्था गर्ने ,प्राविधिक शिक्षाका लागि प्राविधिक कलेज स्थापना गर्ने , कृर्षिमा अनुदान किसान लाई उचित पुरस्कार दिदै आत्मानिर्भर गर्ने ,युवा खेलकुद प्रशिक्षण  केन्द्र स्थापना गर्दै दक्ष खेलाडी उत्पादन गर्ने , जेष्ठ मिलन केन्द्रको स्थापना गर्ने , प्रतेक बिध्यालयमा कम्प्युटर ल्याव स्थापना गर्दै गुणस्तर शिक्षा प्रदान गर्ने , महिलाका लागि सिपमुलक तालिम दिदै आत्मानिर्भर बनाउने, प्रतेक गाउँ टोलमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने , परम्परागत रितिरिवाज चाड पर्वको जगेर्ना गर्ने , धार्मिक ठाँउको संरक्षण गर्दै प्रचार प्रसार गर्ने, सबै गाउँमा बिजुली बत्ती छिट्टै पुर्याउने, वन जंगल प्राकृतिक सम्पदाको संरक्षण गर्ने , लगायतका थुप्रै सम्भावनाको रूप रेखा लिएर स्थानिय चुनावमा जनतामा जाने तयारी रहेको नेता जोशीले हाम्रो कालापानी खबरलाई जानकारी दिएका छन ।

जोशी नेकपा माओवादी केन्द्र निकट रहेको अखिल ( क्रान्तिकारी)को केन्द्रीय उपमहासचिव सहित माओवादी केन्द्रको प्रदेश समिति सदस्य समेत भइ काम गरिसकेका युवा नेता हुन ।

लामो बिध्याथी राजनिति बाट उहाँ संगठन निर्माण र राजनीतिक बैचारिक हिसाबमा निकै अब्बल रुपमा चिनिएका छन । सानै देखि हक्की र नेतृत्वदायी भुमिका निर्वाह गर्ने जोशी, सालिन र भद्र युवा नेताको रुपमा चिनिन्छन  । डिलाशैनी  गाँउपालिकाको भाबी नेतृत्वको लागि युवा नेता जोशी सबै भन्दा लोकप्रिय र जनताको सर्वोकृष्ट रुचिमा पर्नु भएको छ ।

डिलाशैनी गाउँपालिका वार्ड नम्वर ७ बाईम घर भएका जोशी लामो समय देखि माआवादी पार्टीको विध्यार्थी राजनितिमा सक्रिय रहेका छन । जनयुद्धमा समेत नेता जोशी भुमिगत तथा विध्यार्थी मोर्चामा सक्रिय रहेका थिए ।

विध्याथी राजनिति संगै डिलाशैनी गाउँपालिकाको समग्र विकाश र न्यायिक आन्दोलनमा अग्रमार्चामा जोशी सक्रिय रहेका छन ।
नेकपा माओवादी केन्द्रको प्रभावशाली युवा नेताको रुपमा चिनिएका जोशी डिलाशैनीका जनताका युवा प्रिय पात्रको रुपमा स्थापित नेता रहेका छन ।
जोशीलाई डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र पार्टीबाट चुनाव लड्न डिलाशैनीका जनताले सुझाव दिएका छन । लक्ष्मी प्रसाद जोशी माओवादी केन्द्रको प्रभावशाली युवा नेता मात्रै नभएर एउटा इन्जिनियर समेत रहेका छन । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको चुनावको घोषणा गरेको छ ।

https://fb.watch/bVKsGPd1gM/https://fb.watch/bVKHNiPbez/

https://fb.watch/bVKO4zgjKI/

जोशीको चुनाव बिशेष अन्तवार्ता कार्यक्रम भगिरथ अवस्थी संगको निङलाशैनी एफएमको जनचासो कार्यक्रममा हेर्न दिएको लिङमा गएर हेर्नु होला।

 

 

 

प्रतिक्रिया दिनुस