कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुन विपरित अवैध रुपमा संचालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योगलाई कार्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयले जिल्लामा रहेका अवैध क्रसर उद्योग बिरुद्ध एक्सनमा जाने तयारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता चन्द्रकान्त बस्नेतले अवैध क्रसर उद्योगको जिल्ला प्रशासन कार्यालयबाट विवरण माग गरिएको बताए । जिल्लामा कानुन विपरित अवैध रुपमा संचालिन क्रसर उद्योग बारे अख्तियारमा उजुरी परेसंगै अख्तियारले चासो दिएको बताए । ‘कार्यालयमा अवैध क्रसर उद्योग बारे उजुरी परेको छ, ‘उनले भने, ‘हामीले प्रशासनलाई चिठी नै लेखेर पत्र पठाएका छौँ, छानबिन गरेर कार्बाही गछौँ ।’

राज्यको कानुन उलङघन गर्ने अवैध क्रसर उद्योगमाथि कार्बाही चलाउने प्रवक्ता बस्नेतले बताए । अख्तियारले समेत अवैध क्रर उद्योगको छानबिन गरेर कार्बाही गर्ने तयारी गरेको छ । ०७७ मंसिरमा तत्तकालिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वमा जिल्लाका क्रसर उद्योगको अनुगमन गरेर गृहमन्त्रालयमा प्रतिवेदन पठाएको थियो ।

जिल्ला अनुगमन टोलीले गत बर्ष ११ क्रसर उद्योगमा स्थलगत अनुगमनका क्रममा दुई क्रसर उद्योग बाहेक अन्य सबै मापदण्ड विपरित अवैध रुपमा संचालित भईरहेको प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा पठाएको थियो ।

तत्तकालिन प्रजिअ महतो नेतृत्वको संयुक्त अनुगमन टोलीले बेदकोट नगरपालिका ९ सुन्दपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र सोही नगरपालिका ८ भाँसीको जोशी क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग गैर कानुनी र मापदण्ड विपरित संचालनमा रहेको बताएका थिए ।

अन्य क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर संचालनमा रहेकाले बन्द गर्नका लागि गृहमन्त्रालयमा पत्राचार हुँदा मसेत खुलेयाम संचालनमा हुँदा समेत बन्द भएका छैनन । बरु झन झन खुलिरहेको भन्दै स्थानीयले सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले जिल्लामा संचालित उद्योगको पालिका मार्फत विवरण माग गरिएको बताए । ‘हामीले पालिका अनुरुप कस्तो अवस्थामा संचालिन छन, त्यो विवरण मागेका छौँ, ‘उनले भने, ‘त्यसमा जिल्ला अनुगमन समितिले समेत अध्ययन गरेर कानुन विपरित देखिए कार्बाही प्रकृया अघि बढ्छ ।’

अवैध क्रसर उद्योगमा अख्तियारले समेत प्रशासनसंग विवरण माग गरेको विषयमा प्रजिअ पाण्डेले अनविज्ञता प्रकट गरेका छन । ‘अख्तियारले अवैध क्रसर उद्योगबारे के गरिएको छ, त्यो हामीलाई थाहा भएन, ‘उनले भने, ‘हामीले गर्ने काम निरन्तर नै छ ।’

प्रतिक्रिया दिनुस