कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माविका प्रध्यानाध्यापक पुष्पराज ओझालाई प्रदेश परीक्षा व्यववस्थापन समितिको सदस्यमा नियुक्त गरेको छ ।

प्रदेश सरकार समाजिक विकास मन्त्रालयले प्रअ ओझालाई माध्यामिक शिक्षा परीक्षा सुदूरपश्चिम प्रदेश परीक्षा व्यवस्थापन समिति सदस्यमा नियुक्त गरेको हो ।

प्रदेशभरीका प्रअ मध्ये मन्त्रालयले मावि तृतिय श्रेणीका शिक्षक ओझालाई छनौट गरेर परीक्षा समितिको सदस्यमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

प्रअ ओझाको कार्य सम्पादन लगायतका शैक्षिक पक्ष हेरेर मन्त्रालयले परीक्षा समितिको सदस्यमा नियुक्त गरेको छ । ०५३ सालदेखि शिक्षण पेशमा गर्दै आएका प्रअ ओझाले प्रदेश सरकारबाट पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

परीक्षा समितिको अध्यक्षमा समाजिक विकास मन्त्रालयका सचिव, प्रदेश शिक्षा निर्देशनालय प्रंमुख सदस्य सचिव, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश प्रमुख सदस्य र प्रअबाट १ , प्रदेश भरीका स्थानीय शिक्षा अधिकारी मध्ये १जना गरि ५ सदस्यीय परीक्षा समिति हुनेछ ।

प्रतिक्रिया दिनुस