कञ्चनपुर । कञ्चनपुरमा काठ वितरण गर्नका लागि जिल्ला वन पैदावार आपूर्ति समितिका सदस्य दिपक साउदको संयोजकत्वमा अनुगमन समिति बनाईएको छ । बुधबार जिल्ला वन पैदावार आपूर्ति समितिको बैठकले जनताकालाई काठ वितरण गर्नका लागि साउदको संयोजत्वमा अनुगमन समिति बनाएको हो ।

जिल्ला वन पैदावार आपूर्ति समितिमा काठका लागि उपभोक्ताले ०७२ सालदेखि आवेदन दिएका थिए । जिल्ला वन पैदावार आपूर्ति समितिका रेञ्जर करुणाकर जोशीले सात बर्षको अवधिमा झण्डै ८सय १२ जनाले काठका लागि आवेदन दिएको बताए । ‘विभिन्न घरसायी प्रयोजनका लागि उपभोक्ताले आपूर्ति समितिमा निवेदन दिएको बषौँ भईसकेको छ, ‘उनले भने, ‘निवेदनको चाँङ छ, तर वितरण बारे आपूर्ति समितिले अनुगमन समिति बनाएको छ ।’

 

अनुगमन समितिले पुराना निवेदकको आवश्यकता अनुरुप छानबिन गर्ने र संगै नयाँ आवेदन पनि संकलन गरेर कानुन अनुरुप काठ वितरण गरिने छ । टेकेन्द्र साउद (सुकुम)ले कार्य योजना अनुरुप काठ वितरण गरिने बताए । ‘जनताले बषौँदेखि घर निर्माणदेखि अन्य कामकाजका लागि आपूर्ति समितिमा निवेदन दिएका छन, ‘उनले भने, ‘अझैसम्म पनि काठ पाएका छैनन, एकातिर काठ आपूर्ति गरिने, अर्कातिर छानबिन गरेर अघि बढ्छौँ ।’

 

जिल्ला वन पैदावार आपूर्ति समितिका सदस्य सचिव विषेश्वर प्रशाद जोशीले मापदण्ड अनुरुपै काठ वितरण गरिने बताए । डिभिजन वन कार्यालयका प्रमुख समेत रहेका जिल्ला वन पैदावार आपूर्ति समितिका अध्यक्ष शम्भु प्रशाद तिवारीले कानुन अनुरुप माग भएका निवेदनमाथि छलफल गरेर काठ वितरण गर्नुपर्ने र विपद् तर्फ प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुस