कञ्चनपुरको भीमदत्त नगरपालिका १८ खैरभट्टी क्षेत्रबाट दर्जनौँ युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले काँग्रेस, एमाले, राप्रपा सहितका पार्टी परित्याग गरेर माओवादी केन्द्रमा युवाहरु प्रवेस गरेको बताए । उनका अनुसार माओवादी केन्द्रको वडा भेलाबाट काँग्रेस, एमाले, राप्रपा सहितका विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्रले माओवादी केन्द्रमा युवाहरु प्रवेस गरेको बताए ।
काँग्रेसबाट राम बहादुर चन्द, सुरज सुनार, अशोक साउद, एमालेबाट राम बहादुर चन्द, विक्रम साउद, विष्णूदत्त पाण्डे, रापं्रपाबाट भीम बम सहितका युवाहरु प्रवेस गरेका हुन । उनीहरुलाई माओवादी केन्द्र नेता एव प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, प्रदेश ३(ख) इन्चार्ज कृष्णदत्त जोशी(बोक्सर), माओवादी नेतृ कौसिल्या ओझा, प्रदेश सदस्य देवेन्द्र ढुङगाना, वाईसियल जिल्ला संयोजक तिलक जप्रेल, भीमदत्त नगर इन्चार्ज तुल ब थापा, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष कैलाशचन्द्र गिरी सहितले स्वागत गरेका थिए ।
नेपाल बुद्धिजिवी संगठन कञ्चनपुरका अध्यक्ष बिरेन्द्र साउदले माओवादीमा ग्रामिण भेगबाट युवाहरुको आकर्षणले पार्टीका मुद्दा बारे ग्रामिण जनता सुसुचित भएको बताए । ‘जनताको माओवादी विगतमा आकर्षण थियो, ‘उनले भने, ‘केही विचको समयमा समस्या भएपनि अहिले पुन जनताले माओवादीका मुद्दा बुझिसकेका छन, त्यही भएर जन आकर्षण बढिरहेको छ ।’ माओवादी केन्द्र भीमदत्त नगरपालिका १८का वडाध्यक्ष गंगादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।