कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सहिद तथा वेपत्ता पारिएका परिवारलाई ग्याँस चुलो सेट वितरण गरेको छ । जनयुद्धका बेला सहित भएका र वेपत्ता पारिएका आश्रित परिवारलाई नगरपालिकाले ग्याास जुलो वितरण गरेको हो ।
बेलौरी नगरका कर्मचारी कृष्ण गमुवाले नगर क्षेत्रका सहित र वेपत्ता परिवारलाई निःशुल्क रुपमा ग्याास जुलो वितरण गरिएको बताए । उनका अनुसार शान्ति तथा पुर्ननिर्माण मन्त्रालय र स्थानीय शान्ति समिति कञ्चनपुरको तथ्याङ्क अनुसार बेलौरी नगरपालिकाले सहित बेपत्ता परिवारलाई ग्याँस चुलो वितरण गरेको बताए ।
उनले नगरभरीका ६१ प्रिवारलाई वितरण गरिएको बताए । ग्याँस वितरण गर्दै बेलौरी नगरका मेयर पोतिलाल चौधरीले नगरपालिकाका तर्फबाट सहित वेपत्ताका आश्रित परिवारलाई दैनिक आधारभूत खानेकुरा पकाउन सहजताका लागि ग्याँस चुलो वितरण गरेको बताए ।
‘शान्ति तथा पुर्ननिर्मांण मन्त्रालय र शान्ति समिति कञ्चनपुरबाट छुटफुटलाई समेत वितरण गछौँ, ‘उनले भने, ‘स्थानीय सरकारले सक्दो विपन्न संकटमा परेकालाई सहयोग गर्छ ।’ईन्धनको मुल्य बृद्धि भईरहेका बेला नगरपालिकाबाट निःशुल्क ग्याँस चुलो वितरण गरेसंगै सहित तथा वेपत्ता परिवार हर्षित भएका छन । स्थानीय सरकारले आफुहरुलाई हेरेको भन्दै नगरपालिकाप्रति आभार प्रकट गरेका छन ।