कञ्चनपुर । उत्तरी चुरेबाट बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्ने दोदा नदीमा तटबन्ध निर्माण गरिदै छ । निर्वाचन क्षेत्र १ की संसद एव पुर्व खानेपानीमन्त्री बिना मगरको विशेष पहलमा बेलौरी नगरपालिका ५ भकुण्डा क्षेत्रमा तटबन्ध निर्माण गरिदै छ । बिहीबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले एक कार्यक्रमका विच तटबन्ध निर्माण कार्यको शिलान्यास गरेका छन । बेलौरीका मेयर चौधरीले पुर्व खानेपानीमन्त्री मगरको पहलमा बजेट हालेर तटबन्ध निर्माण गरिन लागेको बताए । दोदा नन्दी बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्दै आएको छ । दोदाले बेलौरीको भकुण्डा क्षेत्रमा कटानी गर्दै आएको छ । तटबन्ध निर्माण भएसंगै बेलौरी नगरपालिका क्षेत्र विपद्को जोखिमबाट बाँच्ने स्थानीयले बताएका छन । स्थानीयले क्षेत्रकी संसद मगर र मेयर चौधरीलाई तटबन्धको योजना ल्याएको भन्दै आभार प्रकट गरेका छन ।
प्रतिक्रिया दिनुस