कञ्चनपुर । नेकपा एकीकृत समाजवादीले कृष्णपुर नगरपालिकाको पाटी कार्यालय उद्घाटन गरेको छ । विहीबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका–२ बाँणीमा नगर पाटी कार्यालय उदघाटन गरेको हो । नेकपा एकीकृत समाजवादी पाटी सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र बमले कृष्णपुर नगरको पाटी कार्यालय उदघाटन गरेको बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादी पाटीका पोलिटव्युरो सदस्य राम कुमार ज्ञवालीले पाटी कार्यालय उद्घाटन गरेका हुन् । पाटी कार्यालय उदघाटन कार्यक्रममा पोलिट व्युरो सदस्य ज्ञवाली, जिल्ला ईन्चार्ज लाल बहादुर खडका, प्रदेश सदस्य सुरेन्द्र बहादुर बमले कृष्णपुर नगरपालिकालाई समाजवादी बनाउने घोषणा गरेका छन् । स्थानीय सरकारबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि पाटीले पहल गर्ने बताएका छन् ।

यी हुन विभिन्न पाटी परित्याग गर्दै महेश लुहार, सरिता बिष्ट, जैकला रोकाया, पारवाती सार्की, भुमी विक, युवा रोशन बोहरा, गगन बहादुर लुहार, सोभा तिरुवा, महेश्वरी नेपाली, अनिता राना, सुर्जा लुहार, बिदुर सिंह खडका, हरि भूल, युवराज सिंह सार्की, जुरीलाल चौधरीले नेकपा एकीकृत समाजवादी पाटीमा प्रबेस गरेका छन ।

प्रतिक्रिया दिनुस