कञ्चनपुर । प्रगति एकता समाजले बेलडाँडीका एक विपन्न किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलडाँडी गाँउपालिमा रहेको प्रगति एकता समाजले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
बिहीबार प्रगति एकता समाजले किरियापुत्री ऐरी परिवारलाई नगद आर्थिक सहयोग गरेको हो । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले झर्नाखोला पीडित एव आर्थिक रुपमा विपन्न किरियापुत्री ऐरी परिवारलाई किरियाखर्च बाफत आर्थिक सहयोग गरेको बताए । उनका अनुसार नगद पाँच हजार १ सय रुपैया आर्थिक सहयोग गरिएको छ ।
बेलडाँडी गाँउपालिका १का वडा सदस्य एव उक्त प्रगति एकता समाजका सल्लाहकार शंकर भट्टले उक्त रकम किरियापुत्री कर्ण बहादुर ऐरीलाई हस्तान्तरण गरेका छन । बेलडाँडीका जनप्रतिनिधी समेत रहेका भट्टले आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित किरियापुत्री परिवारलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
प्रगति एकत समाजका सचिव बिरेन्द्र कठायतले गाँउमा आर्थिक रुपमा विपन्न किरियापुत्री ऐरी परिवारमाथि परेको बज्रपात कम गर्न र संकटका बेला सक्दो सहयोग गरेको बताए । उपचारकै लागि दैनिक गुजारा चलाउने जमिन बिक्रि गर्दा समेत न छोरा बाँच्यो, न जमिन रह्यो भन्दै झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमा संन्नटा छाएको छ ।
कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्रको गत फागुन २९ मा निधन भएको थियो । परिवारमा ब्रजपात भएका बेला प्रत्यक्ष अप्रत्यक्ष भौतिक, आर्थिक नैतिक साथ सर्मथन दिने सहयोगीप्रति शोकाकुल परिवारले आभार प्रकट गरेको छ ।