कञ्चनपुर । सिद्धनाथ मन्दिर समितिले बेलडाँडीका किरियापुत्री कर्ण बहादुर ऐरको परिवारलाई आर्थिक सहयोग गरेको छ । सिद्धनाथ मन्दिर समितिले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री ऐरको परिवारलाई आर्थिक सहयोग गरेको हो । मन्दिर समितिका पदाधिकारीले शुक्रबार ऐरकै घरमा गएर किरियाखर्च दिएका हुन ।

आर्थिक रुपमा विपन्न एव मन्दिर समितिका सदस्य समेत रहेका ऐरीको परिवारलाई मन्दिर समितिले किरिया खर्च बाफत ४ हजार ५ रुपैया सहयोग गरेको हो । मन्दिर समितिका उपाध्यक्ष धनादेवी विष्ट, सचिव विशन दत्त भट्ट, कोषाध्यक्ष रण बहादुर सिह लगायतका पदाधिकारीले घरमै पुगेर समितिका तर्फबाट संकटका बेला आर्थिक सहयोग गरेको छ ।

सिद्धनाथ मन्दिर समितिका कोषाध्यक्ष रण बहादुर सिहले मन्दिर समितिका सदस्य एव आर्थिक रुपमा दयनिय अवस्था रहेको किरियापुत्री ऐरी परिवारको शोकलाई शक्तिमा बदल्नका लागि मन्दिर समितिका तर्फबाट सक्दो सहयोग गरेको बताए ।

सहयोगी संघ संस्था, व्यक्ति, राजनीतिकप्रति ऐरी परिवारले हार्दिक आभार प्रकट गरेको छ । झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमाथि बिरामी रहेका जेष्ठ पुत्र दिपेन्द्र सिह ऐरीको उपचारका लागि जमिन बेच्दा पनि न रोग निको भयो, न उनी बाँचे ।

प्रतिक्रिया दिनुस