कञ्चनपुर । नेकपा एकीकृकत समाजवादी पार्टीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा युवा नेता सुरेन्द्र बमलाई निर्वाचन परिचालन कमिटि संयोजकको जिम्मेबारी दिएको छ । सोमबार समाजवादी पाटी कञ्चनपुरको जिल्ला बैठकले प्रदेश सदस्य समेत रहेका युवा नेता बमलाई कृष्णपुर नगरको निर्वाचन परिचालन कमिटि संयोजकको जिम्मेबारी दिएको हो ।

समाजवादीले कृष्णपुर नगरपालिकामा बम जस्तै अन्य पालिकामा समेत नेताहरुलाई निर्वाचन परिचालनको जम्मेबारी दिएको जनाएको छ ।

पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने समाजवादी कृष्णपुर नगर निर्वाचन परिचालन समितिका संयोजक एव प्रदेश सदस्य सुरेन्द्र बमले प्रतिबद्धता जाहेर गरेका छन । ‘मलाई पार्टीले दिएको जिम्मेबारी पुरै निर्वाह गर्छु, ‘बमले भने, ‘९ वडा रहेको कृष्णपुर नगरमा समाजवादी पार्टी जिताउने मेरो काँधमा जिम्मेबारी आएको छ, जसरी भएपनि पुरा गर्छु ।’

प्रतिक्रिया दिनुस