कञ्चनपुर, चैत्र,१५, पश्चिम सेती जलविद्युत निर्माणका लागि निरन्तर दवाब आन्दोलन र  अभियान चलाउदैं आएको बोलन्या थली संथाले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा प्रदर्शन गरेर प्रधानमन्त्रीलाई डोकामा १ लाख सुदुर बासीका पत्र चैत १६ गते बुझाउने कार्यक्रम रहेको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए ।

आज दबाब स्वरुप आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौँलारु ? रिभर्स माइग्रेसनको व्यवस्थापन गरौँ, आश्वासन अति भो, धैर्य गर्ने कति हो ?, हिजो आशा म¥यो, आज जवानी मर्दै छ, भोलि सपना मर्ने छ लगायत नारासहित बोलन्या थलीले प्रदर्शन गरेको छ । यसअघि करिब ३ वर्ष अगाडि पनि कचौरा लिएर काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो ।

प्रदेशका ८८ वटै स्थानीय तहबाट जनताका सपनाका पत्र सङ्कलन गरेर काठमाडौँ पुगेका र तीन दिन माइतीघर मण्डलामा हाम्रा सपनामाथिका घात राजधानी सुन्ने गरी कराएर प्रधानमन्त्रीलाई डोकामा एक लाख पत्र बुझाउने कार्यक्रम रहेको जोशीले बताए ।

सत सय ५० मेगावाट क्षमताको जलासययुक्त पश्चिम सेती आयोजनाको चार दशकको अवधिमा फ्रान्सेली कम्पनी सोग्रेह, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन ९स्मेक० र चीनको थ्री गर्जेज जोडिए तर आयोजना निर्माण कार्य अघि बढ्न सकेको छैन ।

पश्चिम सेती आयोजनाको २०३९ सालबाट सुरु भएको थियो । त्यतिबेला नेपाल सरकारले फ्रान्सेली कम्पनी सोग्रेहलाई अध्ययनको अनुमति दिएको थियो । कम्पनीले बैतडीको ढुङ्गाडबाट आठ किलोमिटरमाथि बाँधरहित आयोजना निर्माण गरेर ३७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनासहितको अध्ययन गरेको थियो । त्यसपछि सरकारले सोग्रेहलाई म्याद थप गरी थप सम्भाव्यता अध्ययनको अनुमति दियो । कम्पनीले ढुङ्गाडमा बाँध निर्माण गरी तीन सय ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन दियो तर उसलाई सरकारले निर्माणको अनुमति दिएन ।

प्रतिक्रिया दिनुस